२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश ५ मा प्रतिपक्षीबिना नै प्रदेशसभा बैठकमा सञ्चालन गरेपछि…

१३ असार २०७५, बुधबार ११:४२

असार १३, बुटवल | सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिएपछि प्रदेश नं ५ को प्रदेशसभा बैठक विपक्षीको उपस्थितिबिना नै चलेको छ । 

प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधमा मंगलबार स्थगित भएको प्रदेशसभा बैठक बुधबार भने विपक्षीबिना नै बसेको हो । सत्तापक्षले सहमतिमा आएर विनियोजन विधेयकमाथिको छलफलका लागि विपक्षीलाई बैठकमा उपस्थित हुन आग्रह गरे पनि आफ्ना माग सम्बोधन नगरेको भन्दै बैठकबाट बाहिरिएको हो । 

सभामुख पूर्णबहादुर घर्तीले आजको बैठक प्रतिपक्षबिना नै सभाको सञ्चालन गर्नुभएको थियो । विपक्षीको असन्तुष्टिका कारण आज १२ बजेका लागि बोलाइएको बैठक एक घण्टा ढिला शुरु भएको थियो । 

प्रदेशसभा बैठक जारी रहेका बेला नेपाली काँग्रेसका प्रदेशसभा सदस्यहरु संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको कार्यकक्षमा बसेका छन् । 

बैठकको शुरुमा बोल्दै नेकपाका प्रदेशसभा सदस्यहरु भूमिश्वर ढकाल र दधिराम शर्माले बजेट राम्रो र उत्कृष्ट आएको बताउनुभयो । प्रदेशसभाको आजको बैठकमा सत्तापक्षका १० जना प्रदेशसभा सदस्यहरुले धारणा राख्नुभएको थियो । 

प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले सत्ता पक्षले बहुमतको आडमा प्रतिपक्षी दललाई अवमूल्यन गरी प्रतिपक्षबिनै संसद् बैठक सञ्चालन गरेर संसदीय अभ्यासको खिल्ली उडाएको आरोप लगाउनुभयो । 

पार्टी संसदीय दलको आयोजनामा प्रदेशसभामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “प्रजातन्त्रको गहना भनेकै प्रतिपक्षी हो तर, सत्तापक्षले यसलाई अस्वीकार गर्नुभयो ।” 

उहाँले प्रतिपक्षी दलले सबै जिल्ला र निर्वाचन क्षेत्रलाई समावेशी र समानुपातिक तरिकाले बजेट विनियोजनको माग राख्दा सरकारले बेवास्ता र उपेक्षा गरेको आरोप लगाउनुभयो । 

नेता पोखरेलले यही अवस्थामा प्रदेश सरकार अघि बढे सदन र सडकमा विरोध गर्ने बताउनुभयो । काँग्रेसले विनियोजन विधेयकमा पनि ठूलो ठूलो रकम ठाउँ र कार्यक्रम नै उल्लेख नगरी राखिएको भन्दै विरोध गरेको छ । 

उहाँले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका लागि छुट्याइएको बजेटको अपारदर्शी ढंगले ल्याइएको समेत आरोप लगाउनुभयो । 

विपक्षी दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमालले सरकारले पटकपटक आफूहरुलाई झुक्याउने काम गरेको गुनासो गर्नुभयो । उहाँले सरकारले प्रस्तुत गरेको बजेट कतै पोका बजेटका रुपमा आएको छ भने कतै साना साना आयोजनालाई खुद्रा बजेट छुट्याइएको छ भन्नुभयो । 

नेता हमालले सरकारले स्थायी राजधानी तोक्ने विषयमा आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदासमेत वास्ता नगरेकामा आपत्ति जनाउँदै भन्नुभयो, “कति समयसम्म सुकुम्बासीजस्तो भएर बस्ने ?” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ? चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो