<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... <"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वतन्त्रताको नाममा छाडातन्त्र गर्नेलाई छुट हुदैन: मन्त्री बाँस्कोटा

२०७५, १६ असार शनिबार १२:०३

असार १६, विराटनगर | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समृद्ध नेपाल र सुखी नेपाली बनाउने उद्देश्यका साथ सरकार अगाडि बढिरहेको बताउनुभएको छ । 


नेपाल पत्रकार महासंघ मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अधिनायकवाद विरुद्ध लडेर आएको अहिलेको कम्युनिष्ट सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासप्रति प्रतिवद्ध छ ।” 

मन्त्री बाँस्कोटाले स्वतन्त्रताको नाममा छाडातन्त्र गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताउँदै पत्रकारिता क्षेत्र अझ बढी मर्यादित, व्यवस्थित एवं जीवन्त हुनुपर्छ भन्नुभयो । 

आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुन नदिनेतर्फ सचेत रहन आग्रह गर्दै उहाँले सरकार सुशासन कायम राख्न रु भ्रष्टाचार विरुद्ध दृढताका साथ उभिने बताउनुभयो । 

मन्त्री बाँस्कोटाले विधिको शासन र संविधानको सर्वोच्चता हाम्रो मान्यता भएकाले यसमा कसैले पनि शंका गर्न नहुने उल्लेख गर्दै पूर्वाग्रही ढंगले आलोचना गर्नुभन्दा विकासको काममा सरकारसंग सहकार्य गर्न सबैमा आग्रह गर्नुभयो । 

आगामी १८ महिनाभित्र मुलुकभरि नै नेपाल टेलिकमका फोर जी सेवा लागू भइसक्ने बताउँदै उहाँले विज्ञापन र आमसञ्चार सम्बन्धी बनेका कानून परिमार्जन हुँदै जाने पनि स्पष्ट पार्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन