पर्वत । एक बर्ष सकिनै लाग्दा स्थानीय तहले बिभिन्न बाहनामा कार्यक्रम गरिरहेका छन् । उनीहरु जसरी पनि बजेट सक्ने र केहि हिस्सा वडाध्यक्षको हातमा पार्ने प्रपञ्च गरिरहेका छन् । तिनै प्रपञ्चका श्रृखंला गर्नेमा कुश्मा नगरपालिका ७ पनि परेको छ । यो वडाले असारम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । एक बर्ष सकिनै लाग्दा स्थानीय तहले बिभिन्न बाहनामा कार्यक्रम गरिरहेका छन् । उनीहरु जसरी पनि बजेट सक्ने र केहि हिस्सा वडाध्यक्षको हातमा पार्ने प्रपञ्च गरिरहेका छन् । तिनै प्रपञ्चका श्रृखंला गर्नेमा कुश्मा नगरपालिका ७ पनि परेको छ । यो वडाले असारम"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बजेट सक्न डुब्लिकेशन गर्दै कुश्मा ७ वडा कार्यालय, भ्रष्टाचारको गन्ध देखियो

१८ असार २०७५, सोमबार ०८:२३

पर्वत । एक बर्ष सकिनै लाग्दा स्थानीय तहले बिभिन्न बाहनामा कार्यक्रम गरिरहेका छन् । उनीहरु जसरी पनि बजेट सक्ने र केहि हिस्सा वडाध्यक्षको हातमा पार्ने प्रपञ्च गरिरहेका छन् । तिनै प्रपञ्चका श्रृखंला गर्नेमा कुश्मा नगरपालिका ७ पनि परेको छ । यो वडाले असारमा बजेट सक्न महिलाहरुका लागि भन्दै १५ दिनमै उद्घोषण तालिम दोहोराएको छ । 

यहि जेठ २६ देखि ३० गते सम्म तालिम सञ्चालन गरेको वडाले फेरि असार १८ देखि २२ गतेसम्म अर्को तालिमको आयोजना गरेको छ । पहिलो तालिममा ७५ हजार रुपैयाँ खर्च भएको थियो । अवको तालिममा पनि त्यतिनै खर्च पक्कै लाग्नेछ । १५÷ १५ दिनमा महिलाका लागि तालिम आवश्यकता भन्दा पनि कसैलाई खुशी पार्न आयोजना गरिएको वडा सदस्यहरु बताउँछन् । 

एक जना वडा सदस्यले वडाध्यक्ष दवावमा परेर तालिम आयोजना गरेको हुनसक्ने बताउँछन् । वडाध्यक्ष सुवासचन्द्र पौडेलले १५ दिनमै किन अर्को तालिम भन्ने जिज्ञाशामा एउटा रेडियोको स्टेशन म्यानेजरले तालिम दिएपछि अर्को रेडियोले पनि तालिम दिन ईच्छा देखाएपछि आयोजना गरिएको बताए । तालिम स्थानीय महिलाहरुको आवश्यकता हो कि कुनै सञ्चारमाध्यमलाई खुशी पार्न आयोजना गरिन्छ भन्ने प्रश्न तेर्सिएको छ । यसअघि पत्रकार ओमप्रसाद घायलले तालिम दिएका थिए । उनलाई वडाले तालिमका लागि व्याक्तिगत रुपमा निम्ताएको बताए । उनले तालिम दिएपछि रेडियो कुशुमले पनि तालिम माग्यो । रेडियो शालिग्रामका म्यानेजर रहेका घायलले तालिम दिएकाले कुसुमले पनि तालिम मागेको हो । दवावमा परेर पौडेलले रेडियो कुशुमलाई पनि तालिम आयोजनाको अवसर दिएको बुझिएको छ । घायलले संस्थागत रुपमा नभई व्याक्तिगत चिनजानको हिसावले तालिमको सहजीकरण गर्ने मौका पाएको बताए । महिलाहरुको माग बिनै र वडा सदस्यहरुको सहमती बिनै वडाध्यक्षले एकल निर्णय गरेर तालिमको आयोजना गरेपछि बिबाद देखिएको छ । 

वडामा महिलाहरुको नाममा बिनियोजित रकम उद्घोषण तालिममा मात्रै खर्च हुँदा महिला ससक्तिकरणका अन्य कार्यक्रम प्रभावित भएका छन् । भाषणकला तालिम भन्दा अन्य हाते सीप सम्वन्धी तालिम महिलाहरुले आवश्यकताको रुपमा माग गरेका थिए । वडाले भने सञ्चारमाध्यमलाई खुशी पार्न आवश्यकता बिनाको तालिम आयोजना गरेर रमिता देखिएको छ । असारमा बजेट सक्ने मेसोको रुपमा समेत कतिपयले औल्याएका छन् । एउटा तालिम सकिएको केहि दिनमा अर्को तालिम आयोजना गर्नुमा वडाध्यक्षलाई नेकपाका नेता समेत रहेका रेडियो कुशुमका अध्यक्ष गोबिन्द पहाडीले तिव्र दबाब दिएको बुझिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन