२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नंम्बर ३ को नाम नेवा ताम्सालीङ राख्न माग

२०७५, १९ असार मंगलवार १२:००

असार १९, हेटौंडा । तीन नंम्बर प्रदेशको नाम नेवा ताम्सालीङ प्रदेश राख्नका लागि माग गरिएको छ । नेपाल तामाङ घेदुङ संघ तीन नम्बर प्रदेश कमिटीको आयोजनामा हेटौंडामा आयोजित संघियता कार्यान्यन र तामाङ पहिचान बिषयक कार्यक्रममा  प्रदेशको नाम नेवा ताम्सालीङ प्रदेश राख्नका लागि माग गरिएको हो । 

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्रीहरु, सांसदहरु सबै राखेर आफ्ना एजेण्डा स्थापति गर्नका लागि यो कार्यक्रम गरिएको थियो । सात वटै प्रदेश मध्येमा तीन नंम्बर प्रदेशमा मात्र तामाङ र नेवार जातीको धेरैनै बसोबास रहेकाले प्रदेशको नामाकरण गर्दा ध्यान दिनका लागि नेपाल तामाङ घेदुङ संघका तीन नंम्बर प्रदेशका अध्यक्ष सोमबल तामाङले आग्रह गर्नुभयो ।

यो नामाकरण गरिएमा द्धन्द्ध पनि मेटिने र पहिचान पनि भेटीने भएकाले र बहुपहिचानको मुद्धा पनि समेटिने भएकाले यसमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । आफ्ना मातृभाषाहरु बिद्यालयमा अनिवार्य रुपमा पढाउनका लागि पनि माग गरिएको छ । 

तामाङ समुदायले मान्दै आएको सोनाम लोछारका अबसरमा तीन दिन सार्बजनिक बिदा दिनका लागि पनि माग गर्दै बौद्य धार्मिक करिडोरको घोषणा गर्नका लागि पनि आज माग गरिएको छ । तीन नंम्बर प्रदेशको १३ वटै जिल्लाहरु समेट्नेगरी प्रदेश सरकारले निर्माण गर्न लागेको चक्रपथलाई आफ्नो जाती अनुसारको ताम्सालिङ चक्रपथको रुपमा निर्माण गर्नका लागि उनिहरुले माग गरेका छन् ।

सबै तामाङ समुदायहरुको माग सुनिसकेपछी प्रमुख अतिथीको आसनबाट बोल्दै  तीन नंमबर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सुखी नेपाली र समृद्ध नेपालको नाराभित्र सबै पर्ने भएकाले जातजातीबाट माथी उठ्नका लागि आग्रह गर्नुभयो । यो नारामा कुनै जातजाती, व्यक्ति, समुदाय भन्दा पनि तीन करोड नेपाली अट्ने भएकाले यो नारा अनुसार काम गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन