१४ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनशनरत डा केसी र अधिकारीको माग विधिसम्मत सम्बोधन हुन्छ: गृहमन्त्री थापा

२० असार २०७५, बुधबार ११:५१

असार २०, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लोकतान्त्रिक विधि र सुशासनमार्फत विद्यमान सबै समस्याको समाधान गरिने भन्दै अनशनरत डा गोविन्द केसी र गंगामाया अधिकारीको मागलाई सम्बोधन गरिने बताउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर केही सांसदले सरकारको ध्यानाकर्षण गराएपछि जवाफ दिँदै गृहमन्त्री थापाले उत्पन्न समस्याको लोकतान्त्रिक विधिअनुसार समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

डा गोविन्द केसीको अधिकारलाई दमन तथा कुन्ठित नगरेको भन्दै उहाँको नैसर्गिक अधिकारको सम्मान गरेको स्पष्ट पाउनुभयो । लोकतन्त्रका नाममा जहाँसुकै अनशन गर्ने र विरोध गर्ने अधिकार हुँदैन भन्दै गृहमन्त्री थापाले अति संवेदनशील र अत्यावश्यकीय क्षेत्रमा अनशन बस्न नहुने बताउनुभयो । 

लोकतन्त्रका जननी भनिएका देशमा पनि जहाँसुकै विरोध जनाउन नपाइने भन्दै उहाँले डा केसीले उठाउनुभएको विषयमा सरकारको विमति छैन, विधिसम्मत र लोकतान्त्रिक तबरले हल गरिनेछ भन्नुभयो । 

जननिर्वाचित प्रतिनिधिसभामार्फत विधिसम्मतरुपमा समस्याको समाधान गरिने भन्दै उहाँले विशेष किसिमका मुद्दा सम्बोधन गर्न सरकारले सदनमा विधेयक ल्याउने जानकारी दिनुभयो । 

गृहमन्त्रीले भन्नुभयो, “तपाईको आवाजको सम्मान गर्छौं, लोकतान्त्रिक तबरले समस्याको समाधान गरौँ, कानूनभन्दा माथि केही हुँदैन, डा केसीलाई पनि लोकतान्त्रिक मान्यतालाई ख्याल गर्न अपिल गर्दछु ।” 

जनयुद्धका विषयका मुद्दाका विषय सहमतिका गरेर अगाडि बढिसकेको भन्दै गृहमन्त्री थापाले गंगामाया अधिकारीका विषयलाई अतिरञ्जीत तबरले उठाएर राजनीतिक अस्थिरता पैदा गर्ने खेल त भइराखेको छैन भन्दै शंका गर्नुभयो । 

गृहमन्त्री थापाले एक जना गंगामाया मात्र होइन हजारौँ गंगामायाजस्ता व्यक्तिको समस्यालाई विशेष ध्यान दिनुपर्ने भन्दै राज्यले समस्याको समाधान गर्ने बताउनुभयो । उहाँले गंगामाया र डा गोविन्द केसीको शीघ्र स्वाथ्यलाभको कामनासमेत गर्नुभयो । 

निर्माण व्यवसायी तथा वैदेशिक रोजगारीमा देखिएको ठगीलाई सरकारले छुट नदिने भन्दै सरकारले उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्ने गृहमन्त्री थापाको भनाइ थियो । 

गृहमन्त्री थापाले प्राकृतिक विपद्मा क्षति भएकाका लागि क्षतिपूर्ति एवं राहत तत्काल उपलब्ध गराउने निर्णयसहित कार्यान्वयनमा लगिएको भन्दै हालैको बाढी पहिरोबाट १८ जिल्लामा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको, आठ जना घाइते र दुई जना बेपत्ता भएको जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र बंगलादेशबीचको फाइनल खेल काठमाडौं महानगरले तीन ठाउँबाट लाइभ गर्ने भाइटीकाका दिन पनि केही स्थानमा वर्षाको सम्भावना छ : मौसम विभाग रवि लामिछानेको बयान अन्तिम चरणमा, आज सक्ने तयारी देश कसरी डुब्दैछ सिंहदरबार वैद्यखाना हेरे पुग्छ : बालेन प्रचण्डप्रति बाबुरामको अर्को कटाक्ष, ‘माओवादी’को नाम फेरेर ‘प्रचण्डपन्थी’ राख्न सुझाव आज बुधबार तोलामा २२ सयले बढ्दै सुनको मुल्यमा फेरी नयाँ कीर्तिमान! नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न टिकट काट्नेहरु बिहानैदेखि लाइनमा नेपाल र बंगलादेशको फाइनल खेल हेर्न आज प्रधानमन्त्री ओली रंगशाला जाने नारायणहिटी गेट अगाडि रमेश दुलालले गरे ‘२१औँ काग सम्मेलन’ (भिडियो हेर्नुहोस्) कर्णाली याक्सको हस्पिटालिटी पार्टनरमा ‘हिल्टन’ यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर साफ महिला च्याम्पियनसिपमा उपाधिका लागि आज नेपाल र बंगलादेश खेल्दै स्कटल्याण्डमाथि नेपाल पाँच विकेटले विजयी आज काग तिहार मनाइँदै, यमदीपदान पनि आजै आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न जाँदा यी सामान बोक्न नपाइने ६० लाख लगानीमा बनेको गीतको भिडियो सार्वजनिक (भिडियो) जीबी राईका मान्छे राष्ट्रपतिका सल्लाहकार छन्, सत्ताले बचाइरहेको छ : स्वर्णिम वाग्ले सुमनाले भनिन्- हामीलाई तर्साउन र धम्क्याउन खोज्छन्, प्रतिरोधका लागि तयार रहनू सन्दीपले गरे इन्स्टाग्राममा कुशल मल्ल बाहेक टिमका सबै सदस्यलाई अनफलो