२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश नं ४ को नामकरण सम्बन्धमा ध्यानाकर्षण

२०७५, २१ असार बिहीबार १२:३८

असार २१, काठमाडौँ | प्रदेश नं ४ को प्रदेशसभाले प्रदेशको नामाङ्कन हुन गइरहेको भन्ने समाचारका सम्बन्धमा विभिन्न आदिवासी जनजाति संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

आदिवासी जनजातिका सात संस्थाले आज संयुक्त प्रेस विज्ञप्तिमार्फत त्यस प्रदेशमा ‘तमुवान–मगरात’को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी ‘गण्डकी’ प्रदेश नामकरण गर्न लागेको खबरप्रति आपत्ति जनाएका छन् । 

त्यस्तो निर्णय भए ऐतिहासिक जनआन्दोलन, सशस्त्र माओवादी युद्ध, विभिन्न पहिचानका आन्दोलन र सरकारसँग विगतमा भएका सहमति÷सम्झौताको मूलमर्म र भावना विपरीत हुने ठहर गरिएको छ । 

आदिवासी जनजाति आन्दोलनको प्रमुख मुद्दा नै पहिचान र अधिकार भएको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बराम, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङ, नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगर, नेवाः देय् दबुका अध्यक्ष नरेश ताम्राकार, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम लिम्बू र नेपाल शेर्पा संघका वरिष्ठ उपाध्यक्ष लाक्पा शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो जनाइएको छ । 

विज्ञप्तिमा प्रदेश नं ४ को नामाङ्कन ऐतिहासिक मानव सभ्यताले विकास गरेको थातथलोलाई सम्बोधन हुने गरी ‘तमुवान–मगरात’ नामकरण गर्न प्रदेश संसद् र सरकारलाई अपिल गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने