Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, ११ चैत्र बुधबार
कास्की - KSK

प्रदेशकाे नाम ‘गण्डकी’ दीप प्रज्वलन गर्न अाग्रह

२०७५, २२ असार शुक्रबार ०८:१८


पाेखरा, २२ आषाढ

प्रदेश ४ काे नाम गण्डकी हुने भएपछि अाज नेपाल कम्युनिष्ट पार्टीले विज्ञप्ती जारी गरी प्रदेशवासीलाई विजयाेत्सव मनाउन र दीप प्रज्वलन गर्न अनुराेध गरेकाे छ ।

प्रेस विज्ञप्तीकाे पूर्णपाठः


नेपाली जनताको वलिदानीपूर्ण आन्दोलनबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको सन्दर्भमा ३ तहका सरकार, संसद निर्वाचित भई कार्य आरम्भ भएको छ ।प्रदेश नं ४ को प्रदेश संसदबाट सम्पूर्ण प्रदेशवासीको भावना र अभिमतको कदर गर्दै आदीवासी जनजाती, जातजाती, भाषा, धर्म, संस्कृति, भूगोल र इतिहासको साझा पहिचानको रुपमा “गण्डकी” लाई यस प्रदेशको नामाकरण गर्ने निश्चित भएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा), लगायत संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलले आ–आफ्नो दलको तर्फबाट उक्त नाममा संस्थागत निर्णय गरिसकेको अवस्था छ । आज बस्ने संसदको वैठकले उक्त नाम जनप्रतिनिधिहरुको मतबाट पारित हुदैछ ।हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको वैठकले यस प्रदेशको नाम “गण्डकी प्रदेश” राख्ने सर्वसम्मत रुपमा पारित गरेको छ । उक्त प्रस्ताव संसदमा प्रतिनिधित्व गर्ने राजनितिक दलका सांसद मार्फत गण्डकी प्रदेश नामाकरण गरिने छ ।यस अवसरमा सम्पूर्ण माननीय सांसद, आदरणीय जनसमुदायमा हामी हार्दिक आभार प्रकट गर्दे धन्यवाद ज्ञापन गर्दछौँ । यस उपलक्ष्यमा सम्पूर्ण पार्टी कमिटीहरु, पार्टी सदस्यहरु, जनसंगठन लगायत जनसमुदायले उक्त निर्णयलाई हार्दिक स्वागत गर्दै आ–आफ्नो क्षेत्रमा विजय उत्सव मनाउन, दिप प्रज्वलन गर्न सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन