८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थागित

२२ असार २०७५, शुक्रबार ०८:४३

असार २२, काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित चार मन्त्रालयअन्तर्गत विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथि छलफल भइरहेको छ । 

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगको सचिवालय एवं रक्षा, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको हो । 

छलफलमा भाग लिँदै सांसद जीतेन्द्रनारायण देवले सघीय लोकतन्त्रलाई बलिायो बनाउने हो भने प्रधानमन्त्री कार्यालयलाई व्यवस्थित र बलियो बनाउन आवश्यक रहेको सुझाव दिनुभयो । 

अर्का सांसद परशुराम मेघी गुरुङले अरु मन्त्रालयको तुलनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बढी बजेट छुट्ट्याइएको तथा समग्रमा मुलुकको आवश्यकता र प्राथमिकताको आधारमा बजेट विनियोजन हुनुपर्नेमा त्यसो भएको नपाइएको धारणा राख्नुभयो । 

सांसद रामनारायण विडारीले काठमाडौँ उपत्यकामा सर्वसाधारण ठूलो बसमा सहज ढंगबाट यात्रा गर्ने वातावरण बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सुझाव दिनुभयो । 

सांसद बद्रीप्रसाद पाण्डेले शासन प्रणाली परिवर्तन आएको होइन, सरकार परिवर्तन मात्र भएको हो भन्नुहुँदै अघिल्लो सरकारले गरेका निर्णय उल्ट्याएर वर्तमान सरकार द्वन्द्व निम्त्याउनेतर्फ उद्धृत देखिएको आरोप लगाउनुभयो । 

सांसद जीवन बुढाले कर्णालीको भूगोललाई विचार गरेर बजेट विनियोजन गर्न सुझाव दिनुभयो । 

सांसद रामप्रित पासवानले नेपाली सेनामा मधेसी दलितको प्रतिनिधित्व अत्यन्त न्यून रहेकाले यसलाई बढाउन आवश्यक रहेकामा जोड दिनुभयो । 

सांसद उदया शर्मा पौडेलले काठमाडौंँ उपत्यकाका विभिन्न ठाउँमा सवारीको चापले कर्मचारीलाई कार्यालय आउन–जान तथा विद्यार्थीलाई परीक्षामा समेत समयमै सामेल हुन कठिनाई भएकाले त्यसको सहज व्यवस्थापनको लागि आग्रह गर्नुभयो । 

सांसद अनिता देवकोटाले विनियोजन विधेयकमाथिको छलफलमा विषयगत मन्त्रीको उपस्थिति नभएकामा नियमापत्ति गर्दै सम्बन्धित मन्त्रीको उपस्थित नभएसम्मका लागि बैठक स्थगन गर्न माग गरेपछि 

सभाध्यक्षको भूमिकामा रहनुभएका उपाध्यक्ष शशीकला दाहालले १५ मिनेटको लागि बैठक स्थगन भएको घोषणा गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा