२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेलकुद क्षेत्रको पनि सिन्डिकेट हटाइन्छ: मन्त्री थापा

२०७५, २३ असार शनिबार १२:२७

असार २३, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाले खेलकुद क्षेत्रमा समेत सिन्डिकेट रहेको भन्दै त्यसलाई हटाइने बताउनुभएको छ । 

नेपाल मगर खेलकुद संघले आज यहाँ आयोजना गरेको मगर खेलाडी सम्मान तथा सांस्कृतिक कार्यक्रममा गृहमन्त्री थापाले केही व्यक्ति र समूहले खेलकुद क्षेत्रमा सिन्डिकेट चलाउन खोजेको भन्दै त्यो स्वीकार्य नहुने बताउनुभयो । 

उहाँले राजनीतिक र खेलकुद क्षेत्रमा मगर समुदायको विशिष्ट योगदान रहेको बताउनुभयो । 

गृहमन्त्री थापाले शान्ति, सुशासन कायम हुनका साथै अपराधिक गतिविधिमाथि नियन्त्रण गर्नसके देशको आर्थिक विकास हुने भएकाले यस क्षेत्रमा सरकारलाई सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । 

संघका उपाध्यक्ष तथा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमगरले मगरजातिको कला तथा संस्कृति सबै नेपाली जनताको सम्पत्तिका रुपमा रहेको बताउँदै यसको संरक्षण गर्न राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । 

नेपाल मगर संघका अध्यक्ष नविन रोक्का मगरले मगरात र तमुवानको छुट्टै गौरवशाली इतिहास रहेको चर्चा गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन