१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश ४ को नाम ‘गण्डकी’ राखेकोमा माओवादी केन्द्रद्वारा आपत्ति सहित बन्दमा ऐक्यबद्धता

२५ असार २०७५, सोमबार ०४:५८

असार २५, काठमाडौँ | प्रदेश ४ को नाम 'गण्डकी' राखेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले बिरोध सहितको बिज्ञप्ति निकालेको छ । ने.क.पा.(माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रदेश नं. ४ का इन्चार्ज भविसोर पराजुलीले प्रदेश नं. ४ को नाम गण्डकी प्रदेश राखेकोमा गम्भीर आपत्ति जनाउँदै विज्ञप्ती जारी गरिएको बताएका छन् । 

जारी प्रेस विज्ञप्तीमा गण्डकी प्रदेश नाम राख्दा पहिचाहन सहितको संघियता माथि कुठारघात भएको उल्लेख छ । बिज्ञप्तिमा माओवादी आन्दोलनले लामो समयदेखि उठाउँदै आएको पहिचाहन सहितको संघियतालाई 'गण्डकी' नाम राख्नुले गम्भीर प्रहार गरेको भन्दै प्रदेशको नाम गण्डकी प्रदेश मात्र राख्नु पञ्चायती राज्यको संरचनालाई निरन्तरता रहेको उल्लेख छ । 

विज्ञप्तीमा प्रदेश सरकारले गरेको निर्णय फिर्ता गरी प्रदेश नं. ४ लाई ऐतिहासिक मानव सभ्यता र भूगोलको आधारमा 'तमुवान गण्डकी' प्रदेश नामाकरण गर्न माग गरिएको छ । बिज्ञप्तिमा भनिएको छ – 'यदि प्रदेश सरकारले यसो नगरे हाम्रो महान् तथा गौरबशाली पार्टी नेकपा (माओवादी केन्द्र) लाई मान्य नहुने र पहिचान सहितको संघियताको पक्षमा आन्दोलन थप कडा आन्दोलन गर्ने प्रतिवद्धता व्यक्त गर्छौं ।' 

तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले पनि गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गण्डकी बन्द आव्हान गरेको छ । जसको कारण पोखरामा आज बिहानै देखि बन्द छ । बन्दका कारण बिहानैदेखि सार्वजनिक यातायात सेवा पूर्णरुपमा ठप्प छ भने शैक्षिक संस्थामा पठनपाठन हुन सकेको छैन । 

यसै बिषयमा जानकारी दिंदै माओवादी केन्द्रका उपाध्यक्ष भविसोर पराजुलीले आज तमुवान मगरात संघर्ष समिति र आदिवासी जनजाती महासंघले पहिचाहन सहितको सघियताका लागि गरेको ४ नं. प्रदेश बन्द प्रति  ऐक्वेवद्धता जाहेर गरेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन