रफत सञ्चार क्लब भक्तपुरमा आय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रफत सञ्चार क्लब भक्तपुरमा आय"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा केसीको माग हुबहु सम्बोधन हुँदै: गुरुङ

२६ असार २०७५, मंगलवार १२:११

असार २६, नगरकोट | नेकपाका प्रमुख सचेतक देव गुरुङले डाक्टर गोविन्द केसीले उठाउनुभएका माग हुबहु सम्बोधन नहुने बताउनुभएको छ । 


रफत सञ्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा गुरुङले केही मागहरु जायज भएता पनि मागबारे केसीले भन्नुभएजस्तो हुबहु सम्बोधन नहुने भन्दै यसलाई जनताको सर्वोच्च निकाय संसद्ले सम्बोधन गर्ने बताउनुभयो । 

चिकित्सा विधेयकका बारे जुम्लामा अनशनरत डा केसीको स्वास्थ्योपचार सरकारले काठमाडौँ ल्याएर गर्न तत्पर रहेता पनि केसीले नै नमानेको र उहाँको स्वास्थ्यका विषयमा सरकार पनि गम्भीर रहेको गुरुङको भनाइ थियो । 

जनताले विरोध गर्ने अधिकार मौलिक हकमा रहेता पनि विरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको अधिकारको विषय भएकाले निश्चित स्थान तोक्दैमा सरकालाई अधिनायकवादी भनेर आरोप लगाउनु गलत भएकोे उहाँले विचार व्यक्त गर्नुभयो । 

उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्वीकृतिबिना नै भएको देखिएको र विधिअनुरुप नभएकाले यस्तो अवस्था सृजना भएको उहाँले बताउनुभयो । 

पेट्रोलियम पदार्थमा नेपालको पहुँच नभएको कारण छिमेकी देशसँग आत्मनिर्भर हुनुपर्ने बाध्यता रहेकाले नेपालको बजारमा मूल्य वृद्धि नियन्त्रण गर्न कठिनाइ हुने गरेको उहाँले बताउनुभयो । उहाँले सरकारले दक्षिणतर्फ मात्र नभएर उत्तरतर्फबाट समेत इन्धन खरीदको प्रक्रिया अघि बढाउनुपर्नेमा उहाँको जोड थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन