१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्री विष्ट र विश्व बैंक नेपालका कन्ट्री म्यानेजर वीच भेटवार्ता

२६ असार २०७५, मंगलवार १२:१४

असार २६, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र विश्व बैंककोे नेपाल स्थित कार्यालयका कन्टिं म्यानेजर फ्यारिस एच हडड जेरभोस वीच शिष्टाचार भेट भएको छ । 

उक्त अवसरमा जेरभोसले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्राथमिकताहरु बारे मन्त्री विष्टसँग जिज्ञासा राखेका छन् । 

भेटका अवसरमा श्रम, रोजगारी र सामाजिक सुरक्षाका क्षेत्रमा हुनसक्ने साझेदारीका विविध पक्षहरुबारे छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । 

भेटमा मन्त्री विष्टले नेपालको बहुपक्षीय विकासका लागि नेपाल र विश्व बैंकबीच विगत लामो समयदेखि साझेदारी हुँदै आएको प्रसंग उल्लेख गरेका छन् । साथै उनले आगामी दिनमा उक्त साझेदारी तथा सहकार्य अझ बिस्तारित र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । 

युवाहरुलाई दक्ष र सीपयुक्त बनाई वैदेशिक रोजगारीमा पठाउनका लागि तालिम केन्द्रको सुदृढीकरण गर्ने कार्य समेत सरकारको प्राथमिकतामा रहेको मन्त्री विष्टले बताएका छन् ।

बृहत्तर रुपमा रोजगारी सिर्जनाका लागि मुलुकको औद्योगिक तथा व्यावसायिक वातावरणमा सुधार गरी वैदेशिक लगानी अभिवृद्धि एवं उद्यमशिलता विकासतर्फ सरकारको ध्यान केन्द्रित रहेको मन्त्री विष्टले बताएका छन् । 

युवालाई स्वदेशमा नै काम गर्न प्रोत्साहित गर्न भर्खरै श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि गरिएको र न्यूनतम रोजगारी ग्यारेण्टी हुनेगरी रोजगार ऐनको तर्जुमा सम्बन्धी कार्य अघि बढाईएको प्रसंग समेत मन्त्री विष्टले भेटमा उल्लेख गरेका छन् । 

मन्त्रालयले आगामी  ५/१० वर्षको श्रम तथा रोजगारीको स्थितिको प्रक्षेपण गरी सोही अनुरुपका रणनीति र कार्यक्रम तय गरी कार्यान्वयन गर्नेतर्फ आवश्यक तयारी भईरहेको कुरा समेत छलफलमा मन्त्री विष्टले जानकारी गराएका छन् ।

छलफलका जेरभोसले मन्त्रालयले अघि सारेका प्राथमिकताका क्षेत्रहरुमा विश्व बैकको तर्फबाट निरन्तर सहयोग र साझेदारी रहने विश्वास दिलाएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन