२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

प्रदेश नं ५ मा दुई विधेयक प्रमाणीकरण

२७ असार २०७५, बुधबार १२:०५

असार २७, बुटवल, | प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट दुई वटा विधेयक प्रमाणीकरण भएको छ । 

प्रदेश नं ५, प्रदेशसभाको आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५ संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक २०७५) र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७५ प्रमाणीकरण भएको सम्बन्धमा प्राप्त पत्र पढेर सुनाउनुभयो । 

प्रदेशसभाको अठारौँ बैठकको विशेष समय, उन्नाइसौँ बैठकको शून्य समय र बीसौँ बैठकमा ध्यानाकर्षण भएको विषयवस्तुमा सामाजिक विकासमन्त्री सुदर्शन बरालले सर्पदंशको जोखिम भएको क्षेत्रमा सर्पदंशको उपचारसम्बन्धी विशेष व्यवस्था भएको जानकारी दिँदै क्यान्सरपीडित महिलाको उपचार गर्न र मुक्त कम्लहरीको क्षमता विकास गर्न आवश्यक बजेट व्यवस्था गरेको बताउनुभयो । 

उहाँले पुरातात्विक कामसँग सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान, संरक्षण र वर्गीकरण गर्न आवश्यक बजेट छुट्याइएको उल्लेख गर्दै कंचन गाउँपालिकामा भएको किशोरीमाथिको घटनामा दुई जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री आरती पौडेलले भूमि व्यवस्थापनका लागि आयोग गठन हुने उल्लेख गर्दै भू–उपयोग नीति, बस्ती विकास नीतिको तर्जुमा हुन लागेको जानकारी दिनुभयो । 

बैठकमा सार्वजनिक लेखा समिति, अर्थ उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार तथा विकास समिति, प्रदेश मामिला तथा कानून समिति, सामाजिक विकास समिति र कृषि वन तथा वातावरण समितिमा मनोनयन गरिएको सदस्यहरुको नामावलीवारे सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव