२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

प्रदेश नं ५ मा दुई विधेयक प्रमाणीकरण

२०७५, २७ असार बुधबार १२:०५

असार २७, बुटवल, | प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट दुई वटा विधेयक प्रमाणीकरण भएको छ । 

प्रदेश नं ५, प्रदेशसभाको आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५ संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक २०७५) र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७५ प्रमाणीकरण भएको सम्बन्धमा प्राप्त पत्र पढेर सुनाउनुभयो । 

प्रदेशसभाको अठारौँ बैठकको विशेष समय, उन्नाइसौँ बैठकको शून्य समय र बीसौँ बैठकमा ध्यानाकर्षण भएको विषयवस्तुमा सामाजिक विकासमन्त्री सुदर्शन बरालले सर्पदंशको जोखिम भएको क्षेत्रमा सर्पदंशको उपचारसम्बन्धी विशेष व्यवस्था भएको जानकारी दिँदै क्यान्सरपीडित महिलाको उपचार गर्न र मुक्त कम्लहरीको क्षमता विकास गर्न आवश्यक बजेट व्यवस्था गरेको बताउनुभयो । 

उहाँले पुरातात्विक कामसँग सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान, संरक्षण र वर्गीकरण गर्न आवश्यक बजेट छुट्याइएको उल्लेख गर्दै कंचन गाउँपालिकामा भएको किशोरीमाथिको घटनामा दुई जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री आरती पौडेलले भूमि व्यवस्थापनका लागि आयोग गठन हुने उल्लेख गर्दै भू–उपयोग नीति, बस्ती विकास नीतिको तर्जुमा हुन लागेको जानकारी दिनुभयो । 

बैठकमा सार्वजनिक लेखा समिति, अर्थ उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार तथा विकास समिति, प्रदेश मामिला तथा कानून समिति, सामाजिक विकास समिति र कृषि वन तथा वातावरण समितिमा मनोनयन गरिएको सदस्यहरुको नामावलीवारे सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन