२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

बन मन्त्री बुढाले त्रिपुरा सुन्दरीमा श्रीखण्डको बिरुवा रोपे

२०७५, २७ असार बुधबार १४:२६

टेकबहादुर शाही | असार २७, डोल्पा | कर्णाली प्रदेश सरकारका पर्यटन,बन बातावरण तथा उद्योग मन्त्री नन्दसिँह बुढा पहिलो पटक गृह जिल्ला डोल्पा पुगेका छन ।

सिता यएरको जाहजामा जुफाल बिमानस्थलमा अवतरया गर्ने कार्यतालिका भए पनि मौसममा सुधार नआएपछि बाध्यताले हेलिकोप्टरबाट गृह जिल्ला डोल्पा पुगेका मन्त्री बुढाले त्रिपुरा सुन्दरी माताको मन्दीरमा श्रीखण्डको बिरुवा रोपेका हुन । दिउसो करिव साढे २ बजे डोल्पाको त्रिपुरासुन्दरी मन्दीरमा पुगेका मन्त्री बुढाले मन्दीरमा पुजाआजा समेत गरेका थिए । 


नाङ्गा डाँडापाखाहरु हराभरा बनाउने अभियान स्वरुप देशकै प्रशिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा श्रीखण्डको बिरुवा रोपेर अभियानको सुरुवात गरिएको मन्त्री बुष्ढाले बताए । उलने भने हरेक नागरिकले एकएक बिरुवा रोपेर हुर्काउ नाङ्गाडाँडा पाद्ध बर्षमा हरियाली हुनेछन ।


बन तथा बातावरण मन्त्रालय समेत समालेका मन्त्री बुढाले हरियाली अभियान सँगै डोल्पामा भईरहेका बिकास निर्माणका कार्यक्रमहरुको अनुगमन तथा मन्त्रालयले आगामि आवमा सुरुगर्ने बिकास निर्माणका कार्यक्रमहरुको सम्भाव्यता समेतको अध्ययन् गर्नकोलागि मन्त्री बुढा डोल्पा पुगेको सोखिय सचिव डम्मर बुढाले जानकारी दिए  । उनले भने पहिलो पटक गृह जिल्लामा पुग्दा मन्त्रीले सबै क्षेत्रको अबलोकन तथा जनताका गुणासा समेत सुनेर प्रदेशमा जानकारी गराउने बताए । 

खाली जमिनको उपयोग गरेर हराभरा बातावरण बनाउनुका साथै जनताको आयस्तर बढाउने खालका बोट बिरुवाहरु रोप्नकोलागि प्रोत्साहित गरिने प्रदेश सरकारको निति रहेकोले डोल्पा मात्रै नभएर कर्णालीका सबै नागरिकले बृक्षारोपनमा बिशेष जोड दिनु पर्ने बताए ।


मन्त्री आएको हेलिकप्टरमा त्रिपूराकोटबाट बिरामीको समेत उद्धार गरिएको छ । त्रिपूरा सुन्दरी माताको मन्दीरमा श्रीखण्डको बिरुवा रोप्न झरेका मन्त्रीले आफाना कार्यालय सचिव र सोकिय सचिवलाइ ओरालेर बिरामीलाइ उद्धार गरि सुर्खेत पठाएका छन । झण्डै एक साता देखि जहाज उडान नभएर घरमै थलिएका बिरामीको उद्धार समेत पहिलो पटकको गृह जिल्ला पुगेका मन्त्री बुढाले गरेका छन ।  

पहिलो पटक गृह जिल्ला पुगेका मन्त्रीलाइ स्वागत गर्न गाउगाउबाट सदरमुकामा जनता पुगेका छन । करिव ५ दिनको मुकाम टुरमा रहेका मन्त्री बुढाले सबै क्षेत्रको भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको निजि सचिव डम्बर बुढाले जानकारी दिए । उनले भने मन्त्री ज्यूको यो नितान्त निजि भ्रमण तथा पारिवारिक भेटघाट हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन