१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

समन्वयको दायरा फराकिलो बनाईदिन सरकारलाई समन्वय समितिहरुको आग्रह

२७ असार २०७५, बुधबार १५:४९

ताराबहादुर महत । असार २७, दोलखा । कानुनी रुपमै सहज तरिकाले समन्वय गर्ने वातावरण बनाउन प्रदेश नम्बर ३ का जिल्ला समन्वय समितिहरुको संयुक्त बैठकले प्रदेश सभा र सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।


प्रदेश नम्बर ३ अन्र्तगत दोलखा, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिहरुको संयुक्त बैठकले समन्वय समितिले कानुनी रुपमा पाएको अधिकारको पुर्ण प्रत्याभुति र समन्वयको दायरा फराकिलो पार्न प्रदेशलाई आग्रह गर्ने भएको हो ।

यहि असार २६ र २७ गते चरिकोटमा बसेको बैठकले ११ बुँदे प्रतिबद्धता जारी गर्दै बैठकका निर्णयहरु सार्वजनिक गरेको हो । प्रतिबद्धता पत्रमा जिल्ला सभा संचालित, संघिय बाहेकका जिल्लास्थित सरकारी कार्यालयहरुको नियन्त्रण, गैरसरकारी संस्थाहरुको अनुगमन पश्चात्त सुझाव कार्यान्वयन लगायतका विषयमा यथाशिघ्र कानुनी व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । निर्वाचित हुँदाहुँदै पनि समन्वय समितिको उपप्रमुख, सदस्य, वडा अध्यक्ष र वडा सदस्यहरुको वरियताक्रमलाई वेवास्ता गरिएको भन्दै वरियताक्रम निर्धारण गर्न माग गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी जिल्लाभित्र एक भन्दा बढी स्थानिय तह कार्यक्षेत्र रहेको सहकारीको अनुगमन तथा नियमन गर्ने, बाल अधिकार र बाल संरक्षणको क्षेत्रमा काम गर्न समन्वय समितिका सदस्यहरु अनुगमनको जिम्मेवारी दिने, समन्वय समितिका लागि आवश्यक बजेट खर्च गर्न पाउने कानुनी बाटो फुकुवा गर्न र बाझिएका कानुन संशोधन गर्न समेत प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराउने लगायतका बुँदाहरु समेटिएको छ । प्रतिबद्धता पत्रमा समन्वय समितिका प्रमुखहरु डबल पाण्डे, रामेछापका प्रेमबहादुर खड्का, सिन्धुलीका शंकरराज बर्मा र सिन्धुपाल्चोकका कृष्णगोपाल तामाङले हस्ताक्षर गर्नुभएको छ ।

जिल्ला समन्वय समिति दोलखाको आयोजनामा भएको बैठकमा दोलखा, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोक जिल्लाका समन्वय समिति प्रमुख, उपप्रमुख, सदस्यहरु र समन्वय अधिकारीहरुको सहभागिता रहेको समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिनुभयो ।

यस्तो छ प्रतिबद्धता पत्र


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन