२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

समन्वयको दायरा फराकिलो बनाईदिन सरकारलाई समन्वय समितिहरुको आग्रह

२०७५, २७ असार बुधबार १५:४९

ताराबहादुर महत । असार २७, दोलखा । कानुनी रुपमै सहज तरिकाले समन्वय गर्ने वातावरण बनाउन प्रदेश नम्बर ३ का जिल्ला समन्वय समितिहरुको संयुक्त बैठकले प्रदेश सभा र सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।


प्रदेश नम्बर ३ अन्र्तगत दोलखा, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिहरुको संयुक्त बैठकले समन्वय समितिले कानुनी रुपमा पाएको अधिकारको पुर्ण प्रत्याभुति र समन्वयको दायरा फराकिलो पार्न प्रदेशलाई आग्रह गर्ने भएको हो ।

यहि असार २६ र २७ गते चरिकोटमा बसेको बैठकले ११ बुँदे प्रतिबद्धता जारी गर्दै बैठकका निर्णयहरु सार्वजनिक गरेको हो । प्रतिबद्धता पत्रमा जिल्ला सभा संचालित, संघिय बाहेकका जिल्लास्थित सरकारी कार्यालयहरुको नियन्त्रण, गैरसरकारी संस्थाहरुको अनुगमन पश्चात्त सुझाव कार्यान्वयन लगायतका विषयमा यथाशिघ्र कानुनी व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । निर्वाचित हुँदाहुँदै पनि समन्वय समितिको उपप्रमुख, सदस्य, वडा अध्यक्ष र वडा सदस्यहरुको वरियताक्रमलाई वेवास्ता गरिएको भन्दै वरियताक्रम निर्धारण गर्न माग गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी जिल्लाभित्र एक भन्दा बढी स्थानिय तह कार्यक्षेत्र रहेको सहकारीको अनुगमन तथा नियमन गर्ने, बाल अधिकार र बाल संरक्षणको क्षेत्रमा काम गर्न समन्वय समितिका सदस्यहरु अनुगमनको जिम्मेवारी दिने, समन्वय समितिका लागि आवश्यक बजेट खर्च गर्न पाउने कानुनी बाटो फुकुवा गर्न र बाझिएका कानुन संशोधन गर्न समेत प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराउने लगायतका बुँदाहरु समेटिएको छ । प्रतिबद्धता पत्रमा समन्वय समितिका प्रमुखहरु डबल पाण्डे, रामेछापका प्रेमबहादुर खड्का, सिन्धुलीका शंकरराज बर्मा र सिन्धुपाल्चोकका कृष्णगोपाल तामाङले हस्ताक्षर गर्नुभएको छ ।

जिल्ला समन्वय समिति दोलखाको आयोजनामा भएको बैठकमा दोलखा, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोक जिल्लाका समन्वय समिति प्रमुख, उपप्रमुख, सदस्यहरु र समन्वय अधिकारीहरुको सहभागिता रहेको समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिनुभयो ।

यस्तो छ प्रतिबद्धता पत्र


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने