१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा अध्यक्ष थापाद्वारा २० वटा विभागका प्रमुख मनोनीत (नामावलीसहित)

२८ असार २०७५, बिहीबार ११:५७

असार २८, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २० वटा विभाग तथा समितिहरुका प्रमुख मनोनीत गरेका छन् । अध्यक्ष थापाले पार्टीको विधानअनुसार प्रमुखहरु मनोनीत गरेको प्रवक्ता भुवन पाठकले जानकारी छन् ।प्रवक्ता पाठकले जारी गरेको विज्ञप्तिका अनुसार सूचना तथा प्रविधि विभागको प्रमुख भने अध्यक्ष थापाले आफै जिम्मा लिएका छन् ।


त्यस्तै, राजनीतिक विभाग प्रमुख बुद्धिमान तामाङ, अनुशासन समिति प्रमुख राजीव पराजुली, स्थानीय निकाय परिचालन विभाग प्रमुख टंक ढकाल र पर्यटन विभाग प्रमुखमा दिलविकास राजभण्डारीलाई मनोनीत गरिएको छ ।

अध्यक्ष थापाले संगठन विभागमा राजेन्द्र लिङ्देन, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा जयन्त चन्द, सम्पर्क समाज समन्वय विभागमा भाष्कर भद्रा, आर्थिक विभागमा उद्धव पौडेल, संयोजित संगठन समन्वय विभागमा सुशील श्रेष्ठ, प्रशिक्षण विभागमा भुवन पाठक, न्यायिक समितिमा कुन्ती शाही, प्रचार विभागमा मोहन श्रेष्ठलाई प्रमुखमा मनोनीत गरेका छन् । यसैगरी अनुसन्धान तथा योजना विभागमा डा. विष्णु भण्डारी, खेलकुद विभागमा उद्धव थापा, उद्योग प्रवद्र्धन विभागमा पुष्कर ढुङ्गेल, वाणिज्य क्षेत्र समन्वय विभागमा लक्ष्मीप्रसाद संग्रौला, अपाङ्ग हित प्रवद्र्धन विभागमा निना भेटवाल, प्रवास विभागमा विजय खड्का र कला, साहित्य तथा संस्कृति विभागमा बेटी बज्राचार्यलाई प्रमुखको जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन