२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा कामदार पठाउन जीटुजी स्तरमा हुनेगरी एमओयु गर्नु उपयुक्त : श्रम मन्त्री विष्ट

२०७५, २९ असार शुक्रबार १३:०५

असार २९, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जापानमा नेपाली कामदार पठाउनका लागि जीटुजी मार्फत दुई देश विच एमओयु गर्नु उपयुक्त हुने धारणा राखेका छन् । शुक्रबार श्रम मन्त्री गोकर्ण विष्ट र नेपालका लागि नवनियुक्त जापानी राजदुत मसमिचि सैगो वीच भएको भेटवार्तामा मन्त्री विष्टले यस्तो धारणा राखेका हुन् । 

जापानमा आइटी इन्जिनियर, केयर गिभर, होटल रेस्टुरेन्ट स्टाफ जस्ता क्षेत्रमा नेपालीहरुका लागि रोजगारीको सम्भावना देखिएकोले जी टु जी मार्फत एमओयु गर्नुपर्नेमा मन्त्री विष्टले जोड दिएका हुन् । भेटमा मन्त्री  विष्टले जापानमा अध्ययन, अध्यापन लगायत विभिन्न पेशा व्यवसायमा संलग्न करिब ८० हजार नेपाली रहेको तथ्य  प्रस्तुत गरेका थिए । आकर्षक रोजगारीको प्रलोभनमा पारी नेपालका दलालहरुले मोटो रकम असुली कतिपय नेपालीलाई जापानमा पुर्याएको भन्ने गुनासो समेत आउने गरेको सन्दर्भमा त्यस्ता कार्यलाई निरुत्साहित र नियन्त्रण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन्  ।


विगतमा जिट्को अन्तर्गत नेपाली प्रशिक्षार्थीहरुलाई जापान पठाउने प्रणालीको फाईदा उठाउँदै केही मेनपावर कम्पनीले नाजायज फाईदा समेत लिएको भन्ने गुनासो सुनिएको सन्दर्भ उल्लेख गर्दै नेपालवाट जापानमा प्रशिक्षार्थी कामदार पठाउनु अघि विभिन्न मापदण्डहरु निर्माण गरि पारदर्शी रुपमा कार्यान्वयन गर्ने र दुवै देशका प्रतिनिधिहरु सम्मिलित संयुक्त समितिले त्यसको अनुगमन गर्ने प्रणाली विकास गर्नुपर्ने विषयमा मन्त्री विष्टले जोड दिएका छन् ।

नेपाल सरकारले केहि समयपछि तालिम लिएर मात्र वैदेशिक रोजगारीमा जान पाउने व्यवस्था गर्न लागेको सन्दर्भमा त्यस्ता युवालाई तालिम उपलब्ध गराउन तथा तालिम केन्द्रहरुको सुदृढिकरणमा समेत जापान सरकारको सहयोग र सहकार्य रहने विश्वास भेटमा मन्त्री विष्टले व्यक्त गरेका छन् ।

जापानमा पाको उमेर समुहका जनसंख्या वढ्दै गएको सन्दर्भमा केयर गिभरको रुपमा नेपालीलाई रोजगारी दिनेगरी दुवै मुलुकका सरकार विच समझदारी हुन सकेमा दुवै देशलाई लाभकारी हुने विश्वास मन्त्री विष्टले लिएका छन् ।

भेटमा राजदुत मसमिचि सैगोले जापानको श्रम सम्बन्धी नीति र कानुनमा पनि समयक्रसँगै परिमार्जन भईरहेको सन्दर्भमा नेपाली प्रशिक्षार्थी श्रमिकलाई जापानमा सहज र व्यवस्थित रोजगारी उपलब्ध हुनेगरी आगामी दिनमा आफूले प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । त्यसैगरी श्रम र रोजगारी सम्बन्धी पारस्परिक हित र सहकार्यका हरेक प्रयासहरुमा जापान सरकारको सकारात्मक सहयोग परिचालन गर्न आफूले हरसम्भव प्रयास गर्ने राजदुतले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन