२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छिमेकी मुलकको हस्तक्षेप मञ्जुर छैन: परराष्ट्रमन्त्री

२०७५, २९ असार शुक्रबार १५:५६

प्रेम सुनार | असार २९, बुटवल | संघिय सरकारका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले दुई छिमेकी मुलक संग नयाँ शिराबाट आपसी सवन्धको सुरुवात भएको बताएका छन ।

गृह जिल्ला गुल्मीको छत्रकोट गाउँपालिकाले आयोजना गरेको पुर्ण स्वास्थ्य परिक्षण कार्यक्रमको उद्घाटन गदैं मन्त्री ज्ञवालीले भने–‘  यि दुई छिमेकी मुलुक संग नयाँ शिराबाट सम्वन्ध सुधार अहिलेको सरकारले गरी रहेको छ , हामी चिन र भारत दुवै संग भावना

त्मक  सम्वन्ध  बराबरी गर्न चाहन्छौ तर यि दुई मुलुक मध्ये कसैबाट पनि हाम्रो सार्वभौम सत्ता विरुद्धको हस्तक्षेप किमार्थ मञ्जुर हुन सक्दै  ।’  

उनले थपे–‘ नेपाली जनताले चुनेर पठाएका जनप्रपनिधीहरुले कस्तो संविधान बनाउँ छन ?  विकासको मोडल कस्तो ल्याउँछन ?  लगायतका विषयमा चासो  र हस्तरक्षेप गरेको किर्माथ मञ्जुर छैन ।’

उनले प्रधानमन्त्री केप शर्मा ओलीको चिन चिन र भारत भ्रमण  र भारतिय प्रधानमन्त्री मोदीको उच्च स्तरिय भ्रमणबाट नयाँ शिरबाट सम्वन्ध सुधार भएको बताए ।

उनले राष्ट्रिय सार्वभौम सत्ताको शिर नझुकाउने गरी दुवै मुलुक संग सम्वन्ध सधारको यो सरकारले गरेको पहिलो महत्वपुर्ण कार्य भएको दावी गरे ।

मन्त्री ज्ञवालीले  अव  सत्ता पक्ष र विपक्षी बन्नु भन्दा पनि मुलुकको हित र जनताको आवश्यकता पुरा गर्नका लागि सवै राजनैतिक दल एकै ठाउँमा उभिनु पर्नेमा जोड दिए ।

नेकपा प्रभावशाली नेता समेत रहेका नेता ज्ञवालीले  राष्ट्रिय गौरव  र ईतिहाँस अंकित माईतीपुर मण्डलामा आएर जो कोही पार्टी वा संगठनले आन्दोलन गर्नु भनेको नेपालको ईतिहाँसलाई नामेट गर्न खोज्नु रहेको धारणा राखे ।

लललउनले  यो मुलुकको बेथिती , केही वर्गको मनपरी चल्ने गरेको र  रोकेको विकृति विरुद्ध अहिलेको सरकारलाई गरेको कामलाई अधिनायायकबाद भन्नु मनपरीतन्त्रको नाममा लोकतन्त्रको मुकुण्डो मात्रै भएको तर्क राखे ।

उनले भने –‘जनता भोकै मर्नु पर्यो । उनिहरुले स्वास्थ्य , शिक्षा र रोजगारी पाएनन, उनिहरुका अन्य आधरभुत समस्या हल भएन त्यसका वारेमा  विपक्षी दलहरुको आन्दोलनलाई सरकारको साथ छ तर निजी स्वास्थ्य संस्थाको व्यापरिकरण र अन्य क्षेत्रको लुटतन्त्रका  लागि गएिको आन्दोेलनलाई    यो सरकारले साथ दिन सक्दैन ।

कांग्रेस नेतृत्वको सरकार २०४८ साल देखि आए पछि यो देशको शिक्षा र  स्वास्थ्य संस्थामा  निजिकरणका नाममा गरिएको व्रम्हालुट अहिलेको सरकारले अन्त्य गर्ने उनले घुमाउरो भाषामा चिनौती दिएका थिए ।  मुलुकको विकास  नयाँ चरणबाट सुरु गरिएको  वताउँदै उनले चुनाव ताका वामगठबन्धन र अहिलेको नेकपाको सरकारले पुर गरेरै छाड्ने प्रतिवद्धता  जनाए । गुल्मीका  तिन राष्ट्रिय  योजनारु कालिगण्डकी कोरिडोर, मदनभण्डारी लोकममार्ग, गुल्मी कफी खेतीमा सुपरजोनमा आफु सहित  गुल्मीकै अर्का मन्त्री गोकर्णराज विष्टको पहल  रहेको बताउँदै चुनावमा आफुहरुले बोलेका कुराहरु पुरा नभए जनताले आवाज  उठाउन समेत आग्रह गरे ,

कार्यक्रममा प्रदेश ५ का सांसदद्धय कमालराज श्रेष्ठ, दिनेश पन्थी  प्रमुख   जिल्ला अधिकारी यदुनाथ पौड्याल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा छत्रकोट गाउँपालिका प्रमुखको अध्यक्षता  थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन