पर्वतका संघीय साँसद एवं नेकपाका यूवा नेता पदम गिरीले काँग्रेसका नेता तथा कार्यकर्ताको मतले आफु बिजयी भएको खुलासा गरेका छन् । पर्वतको मोदीमा आयोजित सडक शिलन्यास कार्यक्रममा बोल्दै गिरीले उक्त कुराको खुलासा गरेका हुन् । उनले काँग्रेसको मत नपाएको भए आफु बिजयी ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वतका संघीय साँसद एवं नेकपाका यूवा नेता पदम गिरीले काँग्रेसका नेता तथा कार्यकर्ताको मतले आफु बिजयी भएको खुलासा गरेका छन् । पर्वतको मोदीमा आयोजित सडक शिलन्यास कार्यक्रममा बोल्दै गिरीले उक्त कुराको खुलासा गरेका हुन् । उनले काँग्रेसको मत नपाएको भए आफु बिजयी ह"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सासंद पदम गिरीले गर्न थाले झुटको खेती (भिडियो सहित)

३० असार २०७५, शनिबार ०४:४२

पर्वतका संघीय साँसद एवं नेकपाका यूवा नेता पदम गिरीले काँग्रेसका नेता तथा कार्यकर्ताको मतले आफु बिजयी भएको खुलासा गरेका छन् । पर्वतको मोदीमा आयोजित सडक शिलन्यास कार्यक्रममा बोल्दै गिरीले उक्त कुराको खुलासा गरेका हुन् । उनले काँग्रेसको मत नपाएको भए आफु बिजयी हुन संभव नभएको बताएका हुन् । ‘मलाई ८ हजार काँग्रेसका नेता कार्यकर्ताले भोट दिएको भएर जितेको हुँ,’ उनले भने,‘ नेकपाका कार्यकर्ताहरुको मतले मात्रै मैले जित्न सक्दैनथे । त्यसैले म काँग्रेसका कार्यकर्ताहरुको पनि साँसद हुँ ।’


काँग्रेस भित्रको अन्तरघातको बहष चलिरहँदा पर्वतबाट निर्वाचित साँसद गिरीले खुल्ला मञ्चमै काँग्रेसमा अन्तरघात भएको खुलासा गरेका छन् । उनले काँग्रेसका कार्यकर्ताहरुले इमान्दार पूर्वक मत हालेको स्विकार्दा कार्यक्रममा पूर्व साँसद अर्जुनप्रसाद जोशी पनि मञ्चमै थिए । गिरी जोशीका प्रतिद्धन्दी हुन् । तीन तीन पटक चुनाव जितेका जोशी काँग्रेसकै नेता कार्यकर्ताले अन्तरघात गरेर चुनावमा पराजित भएको गिरीको भनाईले पनि पुष्टि गरेको छ ।


अन्तराघातीलाई कारबाहि नहुँदा र पार्टिमा नेता र कार्यकर्ताहरुमा अनुसासन नहुँदा काँग्रेसले आफ्नो पकेट क्षेत्र पर्वतमा निराश हुनु परेको विश्लेषण भैरहन्छ । तर अन्तरघातीलाई कारबाहि हुन सकेको छैन् । अन्तरघातीलाई कारबाहि गर्न प्रमाण नभएको कारण कारबाहि गर्न नसकेको काँग्रेस नेतृत्वले बताउँदै आएको छ ।



काँग्रेसभित्रको अनुसासनहिनताले वामपन्थी पार्टिलाई फाईदा हुँदै आएको छ । पर्वतका दुबै निर्वाचन क्षेत्रमा काँग्रेसका नेता कार्यकर्ताहरुले अन्तरघात गरेकै कारण चुनावमा पराजित भएको कुरा कसैबाट छिपेको छैन् । स्थानीय निर्वाचनमा समेत अन्तरघातकै कारण अधिकाँश वडा र पालिकामा काँग्रेसले पराजय भोगेको थियो । अहिले वामपन्थी नेतृत्वले काँग्रेसलाई हरेक कुरामा पेलेको पेल्यै छ । चुनावमा अन्तरघात गरेका नेता कार्यकर्ताहरुलाई बल्ल अहिले घातका कारण पछुतो भएको सुन्ने गरिन्छ । पार्टिले यसतर्फ बेलैमा ध्यान दिएर अन्तरघातको रोग निको पार्न कार्यकर्ताहरुले आवाज उठाउँदै आएका छन् ।  


प्रतिनिधी सभा र प्रदेश सभाको चुनावी प्रचारमा सहभागी हुन आउँदा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पर्वतको कुश्मामा रेल ल्याउने घोषणा गरेका थिए । ओलीले केरुङ हुँदै पोखरासम्म आउने रेल पर्वतको कुश्मा हुँदै बेनीसम्म पुग्ने बताएका थिए । ओलीले कुश्मामा रेल स्टेशन बन्ने पनि दावीका साथ भनेका थिए । तर साँसद गिरीले मोदीमा भएको कार्यक्रममा भाषण गर्दै ओलीले पर्वतमा रेल आउने कुरा भन्दै नभनेको जिकिर गरे । पर्वतमा रेल आउँछ भनेर ओलीले भनेको भन्दै विपक्षीहरुले खुराक बनाएको भन्दै गिरीले ओलीले पर्वतमा रेल आउने कुरा नै नगरेको भनेका छन् । तर साँसद गिरीले बान्द्रेविँडीमा ओलीको भाषण सुन्नेलाई समेत वुर्वक बनाएर पर्वतमा रेल आउने कुरा नभनेको जिकिर गरेका छन् ।


गिरी र ओलीले सरकारले जेष्ठ नागरिकलाई यहि बर्ष पाँच हजार सामाजिक सुरक्षाभत्ता पुराउने पनि बताएका थिए  । वर्तमान सरकारले सामाजिक सुरक्षा भत्ता समेत बढाएन् । नेताहरुले भाषण गरेका कुरा चुनाव जितेपछि भुल्दै जाने रोग देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन