२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छः उपप्रधानमन्त्री पोखरेल

२०७५, ३१ असार आईतवार १०:५८

असार ३१, काठमाडौँ | उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । 

काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका लागि मुद्दा खोज्ने बेला नभएको बताउनुभयो । 

उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “डा गोविन्द केसी अनशन बस्नुभएको छ, उहाँको स्वास्थ्यलाभको कामना गर्दछु, उहाँले उठाएका मुद्दा ठीकै होला, ठीक माग भए सम्बोधन पनि होला, प्रतिपक्षले पनि विरोधका लागि विरोध गर्ने मुद्दा कहाँ कहाँ छन् भनेर खोज्न जरुरी छैन, फैसला जनताबाट निर्वाचित प्रतिनिधिले गर्न पाउनुपर्छ ।” 

उहाँले विरोध गरेर समय बर्बाद पार्नभन्दा पनि आर्थिक विकास र समृद्धि सबैको अबको योजना हुनुपर्नेमा जोड दिँदै विकास निर्माण र सामाजिक सुधारका काम सबै एकताबद्ध भएर गर्नुपर्ने बताउनुभयो । 

उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “लोकतन्त्र आइसकेपछि विरोध गर्नुपर्ने मुद्दा केही छैन, विरोधका लागि विरोध गरेर राष्ट्रलाई फाइदा हुँदैन, मुलुकको निर्माण र समृद्धिका लागि यो वा त्यो पार्टी भन्न मिल्दैन, गल्ली गरेमा प्रतिपक्षले मात्र होइन आफ्नै साथीलाई पनि भन्नुपर्ने हुन्छ ।” 

उहाँले संविधान जारी भइसकेपछि मुलुकलाई नेतृत्व गर्ने सरकारहरुले कानून निर्माणमा लाग्नु पर्ने भएपनि सरकार बनाउने, टिकाउने खेलमा लागेको हुँदा आवश्यक कानून निर्माणका काम ढिलाइ भए पनि छिट्टै कानून बन्ने र काममा नरोकिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उपप्रधानमन्त्री पोखरेलले काठमाडौँ जिल्लामा अनियन्त्रित रुपमा भइरहेको निर्माण कार्यलाई नियन्त्रण तथा नियमन गर्न र अव्यवस्थित बसोबासलाई रोक्न जिल्ला समन्वयन समितिले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “अव्यवस्थित रुपमा बस्ती निर्माणका काम भइरहेका छन्, त्यसको नियन्त्रण गर्न जरुरी छ, त्यसलाई रोक्ने र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने जिम्मा समन्वय समितिले लिनुपर्छ ।” 

जिल्ला समन्वय समितिले जिल्लाको प्रशासन, सुरक्षा निकाय, विकास निर्माणलगायतका सबै काममा समन्वय गरेरमात्र काम गर्न आग्रह गर्नुभयो । 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायतले जनप्रतिनिधिको मर्यादाक्रम चाँडै सार्वजनिक हुने जानकारी दिँदै भन्नुभयो, “मैले बजेट, कर्मचारी र स्रोत, साधन नभएर काम गर्न सकिने भन्ने ठाउँ रहँदैन ।” उहाँले जनताले सन्तुष्टि पाउने गरी जनप्रतिनिधिले काम गर्न आग्रह गर्नुभयो । 

सभाका अध्यक्ष शिवसुन्दरराज वैद्यले जिल्लाको विकास निर्माण, सुरक्षालगायत हरेक कुरामा समन्वय समितिसँग परामर्श गरेर काम गर्ने परिपार्टीको विकास भइरहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन