२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बुङगल नगरपालिकाका मेयर बिष्ट विरुद्ध अख्तियारमा उजूरी

२०७५, ३१ असार आईतवार ११:०५

सम्राट सिंह | असार ३१, बझाङ | बझाङ जिल्लाको बुङगल नगरपालिकाका मेयर र केदार माविका प्रअ विरुद्घ अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौमा उजूरी परेको छ । 

बुङगल नगरपालिकाका मेयर तथा केदार माध्यामिक विद्यालयका अध्यक्ष धन बहादुर बिष्ट र सोही विद्यालयका प्रधानाध्यापक ललित बहादुर सिंहले आर्थिक हिनामिना गरेको भन्दै अख्तियारमा उजूरी परेको हो ।

बुङगल नगरपालिका वडा नम्बर ९ स्थित केदार माविमा शान्ति मन्त्रालयबाट भवन निर्माणका लागि बिनियोजन भएको २० लाख रकम हिनामिना गरेको, ५ बर्ष अगाडि जिल्ला शिक्षा कार्यालय बझाङबाट ४ कोठे भवन निर्माणका लागि बिनियोजन भएको २४ लाख रकममा गुणस्तरहिन सामाग्री प्रयोग गरी भवन निर्माण गरी रकम हिनामिना गरेको,विद्यालयका तत्कालिन लेखापाल बिरेन्द्र महरले २०७३ असार मसान्तमा नै जागिर छोडिसकेको तर निजको कृते दस्तखत गरी तलब भत्ता उपभोग गर्दै आएको, बर्षौदेखि अध्यक्ष बिष्ट र प्रअ सिंहले आफन्तहरुलाई सापटी स्वरुप विद्यालयको रकम दिई असुल उपर नगरेको, विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएको झण्डै २ बर्ष बितिसक्दा समेत नयाँ विद्यालय व्यपस्थापन समिति गठन नगरेको बुदाहरु उजूरीमा उल्लेख छन । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौले घटनाको सत्य तथ्य छानविन गरी नियमानुसार आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बझाङलाई पत्राचार गरेको छ । 

बुङगल नगरपालिका वडा नम्बर ९ स्थित केदार माविमा माथिका बुदाहरुमा अनियमितता गरी अख्तियार दुरुपयोग गरेको भन्दै स्थानियले छानबिन गरी आवश्यक कारबाहीको लागि अख्तियारमा उजूरी हालेको छ । 

विद्यालयका तत्कालिन लेखापाल बिरेन्द्र महरले २०७३ असार मसान्तमा नै जागिर छोडिसकेको तर निजको कृते दस्तखत गरी तलब भत्ता उपभोग गर्दै आएको सम्बन्धमा आफुलाई जानकारी नभएको तर उजूरीमा भएका अन्य आरोपहरु व्यक्तिगत रिसीबीका कारण स्थानियले अख्तियारमा उजूरी हालेको बुङगल नगरपालिकाका मेयर तथा केदार माविका अध्यक्ष धन बहादुर बिष्टले बताए । आफु र प्रअ ललित बहादुर सिंह निर्दोष रहेको दाबी गर्दै अन्य आरोपका बिषयमा जिल्ला प्रशासन कार्यालय बझाङमा कागजपत्रहरु बुझाएको र आफु निर्वाचित भए लगत्तै विद्यालयको अध्यक्ष पद पनि छोडिसकेको उनको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन