२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ३ को स्थायी राजधानीका विषयमा अर्मूत प्रतिवेदन बुझाइयो

२०७५, १ श्रावण मंगलवार ०२:४९

साउन १, मकवानपुर | प्रदेश ३ को स्थायी राजधानीका विषयमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले अर्मूत प्रतिवेदन बुझाएको छ । प्रदेश ३ का पाँच जिल्लाले आफ्नो जिल्लामा स्थायी राजधानी हुनुपर्ने माग गर्दै संसदमा प्रस्ताव दर्ता गरेका थिए । 

स्थायी राजधानीका विषयमा विवाद भएपछि प्रदेशसभाले गत १४ वैशाखमा १३ सदस्यीय राजधानी सम्भाव्यता अध्ययन विशेष समिति गठन गरेको थियो । तर, समितिले पनि विवादमा पर्ने डरले अर्मूत प्रतिवेदन बुझाएको छ । प्रदेश सभाले सांसद दीपक निरौलाको सभापतित्वमा १३ सदस्यीय राजधानी सम्भाव्यता अध्ययन विशेष समिति बनाएको थियो । 

समितिले ६० दिन लगाई स्थायी राजधानीका विषयमा १३ जिल्लाको विस्तृत अध्ययन गरेको थियो । अध्ययन गर्दा काठमाडौं संघीय राजधानी भएकाले १२ जिल्लालाई अध्ययनको विषय बनाएको निरौलाले बताए । अध्ययनका लागि तोकिएका १२ जिल्लालाई १ सय १ प्रश्न सोधिएकोमा ८ जिल्लाले मात्रै उत्तर पठाए । यसरी प्रश्नको उत्तर पठाउने जिल्लामा मकवानपुर, काभ्रे, चितवन, भक्तपुर, नुवाकोट, ललितपुर, रसुवा, सिन्धुपाल्चोक मात्रै थिए । यसरी अध्ययन गर्दा सिन्धुपाल्चोक, ललितपुर र रसुवा भौगोलिक, भौतिक संरचनाका हिसाबले नमिल्ने भएपछि ५ जिल्ला मात्र समितिले सिफारिस गरेको हो । जसमा समितिले काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई सम्भावित राजधानी बनाउन सकिने प्रतिवेदन बुझाएको छ । 

समितिले गत २६ असारमा ५ जिल्लालाई सम्भावित राजधानी बनाउन सकिने भन्दै प्रतिवेदन बुझाएको हो । समितिले प्रदेश सभा संसादले जहाँ–जहाँ राजधानी मागेका थिए, सोही ठाउँलाई सम्भावित स्थायी राजधानी बनाउन सकिने भन्दै प्रतिवेदन बुझाएको छ । ‘हाम्रो काम सम्भाव्यता अध्ययन मात्रै हो’प्रतिवेदन लेखन कार्यदलका संयोजक विशाल खड्काले राजधानी तोक्ने विषय राजनीतिक विषय भएकाले समितिले तोक्न नमिल्ने बताए । यस्ता विषय सकेसम्म सहमति नभए प्रदेश सभाका दुईतिहाइ सांसदले निर्णय गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन