२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा केसीको जीवनरक्षाको माग

२०७५, १ श्रावण मंगलवार ११:५५

साउन १, काठमाडौँ | प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका नेता सञ्जय गौतमले अनशनरत डा गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई आग्रह गर्नुभएको छ । 

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा गौतमले स्वास्थ्य र शिक्षाजस्तो महत्वपूर्ण क्षेत्रको सुधारका लागि सत्याग्रह गर्नुभएका केसीलाई कुनै दलसँग जोड्न नहुने बताउनुभयो । उहाँले माथेमा प्रतिवेदनका आधारमा संसद्मा दर्ता गरिएको चिकित्सा शिक्षा विधेयकबारे आफ्नो पार्टीको प्रष्ट दृष्टिकोण रहेकाले उक्त प्रतिवेदन तयार पार्ने विज्ञको सुझावलाई काँग्रेसले सम्मान गर्ने बताउनुभयो । 

पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले डा केसीका माग र चिकित्सा शिक्षा विधेयकलाई संसद्मा छलफलको क्रममा लैजानुपर्ने बताउनुभयो । उहाँले शुरुमा उहाँको ज्यान बचाउनुपर्नेमा जोड दिनुभयो । काँग्रेसले संसद् अवरोध गरेर गल्ती गरेको उहाँको भनाइ थियो । केसीका केही माग सच्चाउन आवश्यक रहेको उहाँको भनाइ थियो । 

राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले अनशनरत डा केसीको जीवनरक्षाको माग गर्दै सरकारले सत्याग्रहलाई सम्मान गर्नुपर्ने बताउनुभयो । केसीले उठाएका जायज माग पूरा हुनुपर्ने र केही मागबारे केसीलेसमेत विचार गर्नुपर्ने उहाँले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन