२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

प्रदेश ३ को प्रदेशसभाको बैठक काँग्रेसद्वारा अवरुद्ध

३ श्रावण २०७५, बिहीबार ११:२५

साउन ३, हेटौँडा | तीन नं प्रदेशसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका सदस्यहरूले उठेर बिरोध जनाइरहेका कारण नियमित कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ । 

यसअघि विशेष समय माग गर्दै नेपाली काँग्रेस नेता इन्द्रबहादुर बानियाँले तत्कालीन केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसारको चिकित्सा विधेयकलाई प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रलाई आत्मनिर्भर बनाउने गरी दक्ष चिकित्सक उत्पादनमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । 

उहाँले नेपालको संविधानबमोजिम सभामुख, उपसभामुख फरक फरक दलको हुनुपर्ने प्रावधान भएको र नेकपा एमाले तथा नेकपा माओवादी पार्टी एकीकृत भइसकेकाले अब एक पद प्रतिपक्षहरुलाई हस्तान्तरण गर्न आग्रह पनि गर्नुभयो । 

सांसद् बानियाँले डा गोविन्द केसीले आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर देश र जनताप्रति समर्पित भएर उठाएको राष्ट्रिय सरोकारको विषयलाई वर्तमान सरकारले उपेक्षा गर्न नहुनेमा जोड दिनुभयो । 

त्यसपछि बैठकमा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सरोकारको विषयमा उठाइएका माग सरकारले पूरा नगरेसम्म संसद् अवरुद गर्ने प्रदेशसभा नेपाली काँग्रेसको संसदीय दलको निर्णयबमोजिम आ–आफ्नो आसनबाट उठेर सदस्यहरु उभिनु भएकाले बैठक अवरुद्ध भएको थियो । 

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक भोलि साउन ४ गते दिनको ११ बजे बस्ने गरी आज २ बजे शुरु भएको बैठक २ः३० बजे स्थगित गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य