२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

प्रदेश ३ को प्रदेशसभाको बैठक काँग्रेसद्वारा अवरुद्ध

२०७५, ३ श्रावण बिहीबार ११:२५

साउन ३, हेटौँडा | तीन नं प्रदेशसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका सदस्यहरूले उठेर बिरोध जनाइरहेका कारण नियमित कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ । 

यसअघि विशेष समय माग गर्दै नेपाली काँग्रेस नेता इन्द्रबहादुर बानियाँले तत्कालीन केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसारको चिकित्सा विधेयकलाई प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रलाई आत्मनिर्भर बनाउने गरी दक्ष चिकित्सक उत्पादनमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । 

उहाँले नेपालको संविधानबमोजिम सभामुख, उपसभामुख फरक फरक दलको हुनुपर्ने प्रावधान भएको र नेकपा एमाले तथा नेकपा माओवादी पार्टी एकीकृत भइसकेकाले अब एक पद प्रतिपक्षहरुलाई हस्तान्तरण गर्न आग्रह पनि गर्नुभयो । 

सांसद् बानियाँले डा गोविन्द केसीले आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर देश र जनताप्रति समर्पित भएर उठाएको राष्ट्रिय सरोकारको विषयलाई वर्तमान सरकारले उपेक्षा गर्न नहुनेमा जोड दिनुभयो । 

त्यसपछि बैठकमा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सरोकारको विषयमा उठाइएका माग सरकारले पूरा नगरेसम्म संसद् अवरुद गर्ने प्रदेशसभा नेपाली काँग्रेसको संसदीय दलको निर्णयबमोजिम आ–आफ्नो आसनबाट उठेर सदस्यहरु उभिनु भएकाले बैठक अवरुद्ध भएको थियो । 

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक भोलि साउन ४ गते दिनको ११ बजे बस्ने गरी आज २ बजे शुरु भएको बैठक २ः३० बजे स्थगित गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन