२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका खेल्छ: नेता सिंह

२०७५, ५ श्रावण शनिबार ०९:१५

साउन ५, बैतडी | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सडकदेखि संसदसम्म सशक्त प्रतिपक्षको भुमिका खेल्ने बताएका छन् । नेपाल प्रेस युनियन बैतडीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले दुईतिहाइ बुहुमत पाएको सरकारले जनताको चाहनाअनुसार काम नगरेको भन्दै अधिनायकवाद रवैया देखाउन थालेको आरोप लगाए ।


कार्यकर्ता भेटघाटको लागि बैतडी पुगेका नेता सिंहले सरकारले चुनावमा दिएको आश्वासनअनुसार काम नगरेको आरोप लगाए ।  जताको भावना विरुद्धका काममा अनावश्यक हस्तक्षप गर्न थालेपछि सशक्त प्रतिपक्षमा भुमिका कांग्रेसले खेल्ने जानकारी दिए । जनताले अनुभुति हुने गरेर सरकारले एउटा पनि काम गर्न नसकेको आरोप लगाए । 

स्वास्थ्य क्षेत्र सुधारको लागि अनशनरत डा. गोविन्द केसीलाई जवजस्ती उठाएर काठमाण्डौं ल्याएको भन्दै डा.केसीको जीवन रक्षाको लागि कांग्रेसले अवाज उठाएको बताए । माथेमा आयोग विपरित सरकारले शिक्षा स्वास्थ्य विधेयक संसदमा ल्याएर अधिनायकवादतर्फ उन्मुख भएको बताए । सरकारले दुईतिहाइको दम्भ देखाएर जनताको भावनाविपरित सर्वसत्तावादी सोच राखेको आरोपसमेत लगाए ।

पत्रकार सम्मेलमा बोल्दै कांग्रेस केन्द्रिय सदस्य दिलेन्द्र्रसाद बडुले सरकारले सबै ठाउँमा निशेधित क्षेत्र बनाएर कोही बोल्न नपाउन भन्ने निरंकुश चरित्र देखाएको बताए । यसको विरोधमा संघ, प्रदेश संसद र स्थानीय संसदमा कांग्रेसले अवाज उठाइरहेको जानकारी दिए । मुलुकलाई बचाउन संविधान उल्लघनका विरुद्ध कांग्रेस सशक्त ढंगले अघि बढने उनको भनाइ छ । जनताप्रति अनुत्तदार सरकारका गलत काम, संविधान उलंघन रोक्न सरकारको विरोध गर्दै आएको बताए । गलत बाटो र संविधान विपरित  सरकार जानथालेछि जहीको त्यही रोक्न संसद अवरुद्ध गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने