२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेतृत्वको तँछाड मछाडले स्थानिय तहको वाणिज्य संघ गठन हुन सकेन

२०७५, ६ श्रावण आईतवार १०:११

प्रेम सुनार । साउन–६, बुटवल।  गुल्मी उद्योग वाणिज्य संघले संघिय संरचना अनुसार स्थानीय तहको शाखा विस्तार सुरु गरेको छ । पहिलो पटक मुसिकोट नगरपालिकामा उसले शनिवार प्रथम भेला आयोजना गरेको थियो ।  भेलामा  विभिन्न राजनैतिक दलबाट नेतृत्वका लागि तँछाड मछाड गरेपछि तदर्थ समिति भने गठनको प्रयास असफल भएको छ ।


तत्कालिन एमालेबाट वामीका गोपीकृष्ण खरेल , रामबहादुर बोहरा , तत्कालिन माओवादी केन्द्रबाट आँचौरका युवराज खरेल ( राजु ) र नेपाली कांग्रेसबाट ज्ञानु सापकाटाले अध्यक्षको दावी  नछाडे पछि राती अवेर सम्मको प्रयास भएको थियो ।

गत १२ वर्ष देखि जिल्लाको पुरानो ब्यापारिक केन्द्र वामीटक्सारका व्यवसायीहरुले  वामी शाखाको रुपमा व्यवसायीहरुको हकहितका पक्षमा सक्रिय हुँदै आएकोमा अव स्थानिय, प्रदेश र संघिय संरचना अनुसार उद्योग वाणिज्य संघ गठन गर्न लागिएको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए ।

मुसिकोट नगरपालिकाकी उपमेयर कमला शर्माद्धारा उद्घाटन भएको प्रथम भेलामा  संघका पुर्व अध्यक्ष अखिेलेश्वरप्रसाद पाण्डे,  वडाध्यक्ष प्रकाश काफ्ले लगायतका विभिन्नले राखेका थिए ।

वामी शाखाका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षतामा सम्पन्न प्रथम भेलामा उपाध्यक्ष गोपिकृष्ण खरेलको स्वागत मन्तव्य र सचिव महेश्वर घिमिरेको सञ्चालन रहेको थियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन