२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसजस्तो पार्टीले गोविन्द केसीको पुच्छर लाग्नु विडम्बना: दाहाल

२०७५, ७ श्रावण सोमबार १०:११

साउन ७, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर प्रा डा गोविन्द केसीको पुच्छर लाग्नु विडम्बनाको विषय भएको बताउनुभएको छ । 

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले ‘दुई तिहाइको समर्थन प्राप्त सरकारलाई काम गर्न नदिन विभिन्न बहानाबाजी र कुतर्क गरिएकाले’ अब काँग्रेसको अस्तित्व समाप्तिको दिशामा पुगेको टिप्पणी गर्नुभयो । 

“प्रतिक्रान्तिका तागतहरुले क्रान्ति र जनमतका उपलब्धिका लागि उल्ट्याउन नियोजित षडयन्त्रस्वरुपका क्रियाकलाप भइरहेका छन् । के काँग्रेसले डा केसीलाई मारेर लाशको राजनीति गर्न चाहेको हो ? यही बुद्धि र तरिका हो भने काँग्रेस अब इतिहासको विषय बन्न धेरै बेर लाग्दैन । नेकपा एकताको अभियान चलाएर दशगुणा शक्ति लिएर आउँदैछ ।” 


अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई काँग्रेसले प्रा डा केसी अनशनका नाममा मास्न खोजेको हो कि भन्ने आशंका पैदा भएको जनाउँदै भन्नुभयो, “केसीले सबैभन्दा बढी लोकतान्त्रिक भनिएकै उहाँहरुको सरकारको पालामा अनशन गरेका छन् । अनि अहिले संसद्लाई निर्णय गर्न नदिएर केसीले जे भन्छन् त्यही गर्नुपर्छ भनेर काँग्रेस सभापति शेरबहादुर देउवाले किन भनेका हुन् ? कतै यो प्रतिक्रान्तिको तागत बढाउन खोजिएको त होइन ?” 

निर्वाचनपूर्व गत असोज १७ गते भएको वाम गठबन्धनको तालमेलदेखि आफूहरुलाई फुटाउने षड्यन्त्र भएको बताउँदै उहाँले निर्वाचन आचारसंहिताविपरीत र लोकतान्त्रिक मूल्यमान्यताविपरीत अलोकतान्त्रिक र निरङ्कुश ढंगले राजनीतिक नियुक्ति भएकामा नयाँ सरकारले त्यस्ता कामलाई सच्याउँदै समृद्धि र विकासको तयारी गरिरहेको उल्लेख गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन