१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभर अनसन बस्न र आन्दोलन गर्न चिकित्सकहरुलाई उर्दी

७ श्रावण २०७५, सोमबार १४:०४

साउन ७, काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले देशभरका चिकित्सकहरुलाई आन्दोलन र बिरोधका कार्यक्रम गर्न उर्दी जारी गरेको छ । 

संघले आफ्ना सम्पूर्ण शाखा र देशभरका स्वास्थ्य संस्थाहरुलाई चार बुँदे उर्दी पनि जारी गरेको छ । जसमा आवासीय चिकित्सकहरुले सञ्चालन गरेको बहिरंग र अन्तरंग सेवा बहिस्कारमा ऐक्यवद्धता जनाउँदै देशभरका चिकित्सकहरुलाई आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपीडी टिकट बहिस्कार गर्न र वैकल्पिक उपायबाट ओपीडी सेवा सञ्चालन गर्न आहृवान गरेको छ ।

त्यस्तै संघले देशभरका चिकित्सकहरुलाई आ-आफ्नो जिल्लामा रिले अनसन, र्‍याली, धर्ना लगायतका विरोधका कार्यक्रम गर्न र नागरिक समाजसँग मिलेर सशक्त विरोधमा उत्रन आग्रह गरेको छ ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले डा. केसीको मागमा सरकार गम्भीर नभएकाले अब देशैभरका अस्पताल, नर्सिङ होम, स्वास्थ्य संस्थाका सम्पूर्ण कर्मचारी चिकित्सकहरुले आकस्मिक बाहेकको सेवा ठप्प पारेर रिले अनशन बस्ने बताए । उनले भने, “काठमाडौं उपत्यकाको हकमा भोलिबाट नेपाल चिकित्सक संघका पदाधिकारीसहित सम्पूर्ण चिकित्सकहरु बसन्तपुर डबलीमा उपस्थित भई विहान १० बजेदेखि बेलुका ५ बजेसम्म अनसन बस्नेछौं ।”

चिकित्सा क्षेत्रको सुधारको माग राखी असार १६ गते देखि अनशनरत नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा. डा. गोविन्द केसीको जीवन रक्षाका लागि नेपाल सरकारले २४औं दिन बितिसक्दा पनि गम्भिरता प्रकट नगरिएको हुनाले डा.केसीको जीवन दिनप्रतिदिन जोखिम अवस्थामा गईरहेको नेपाल चिकित्सक संघको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन