१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सानातिना समस्या सहजै हल हुन्छन्ः प्रधानमन्त्री ओली

७ श्रावण २०७५, सोमबार १५:४२

साउन ७ , काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आउने सानातिना समस्या सहजै हल हुने बताउनुभएको छ । 

छिन्नलता गीत पुरस्कार गुठीले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले आफूलाई देश बनाउने जिम्मेवारी दिएकाले त्यसलाई इमान्दारिताका साथ पूरा गर्ने बताउनुभयो । “म कुनै पनि काम पर्दा पछाडि गर्दिन”–प्रधानमन्त्री ओलीले भन्नुभयो, “भ्रष्टाचार गर्दिन । कसैलाई गर्न पनि दिन्न र सबै काम पारदर्शी ढंगले गर्छु ।” 

‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य जसरी पनि हासिल गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले नेपाली कला र साहित्यको विकासमा सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

वरिष्ठ गीतकार रमोला देवी शाह छिन्नलताको ९६ औँ जन्मजयन्तीको अवसरमा आयोजित उक्त समारोहमा छिन्नलता गीत पुरस्कार गुठीले छिन्नलता गीत पुरस्कार–२०७४ बाट गीत रचनातर्फ ज्ञानेन्द्र गदाल तथा संगीत रचनातर्फ वसन्त क्षेत्रीलाई सम्मानित गरेको छ । सो पुरस्कारको राशि जनही रु ५० हजार तथा सम्मानपत्र रहेको छ । 

त्यस्तै गायिका संगीता प्रधान राणालाई पनि सो पुरस्कारबाट सम्मान गरियो । सो पुरस्कारको राशि ५० हजार तथा सम्मानपत्र रहेको छ । 

त्यस्तै राजनराज शिवाकोटी र मेलिना चाम्लिंग राईलाई प्रतीभा पुरस्कार प्रदान गरियो । संयुक्त रुपमा प्रदान गरिएको सो पुरस्कारको राशि क्रमशः रु ३५ हजार तथा सम्मानपत्र रहेको छ । 

त्यस्तै शान्ति ठताल तथा शिवशंकर थापालाई जनही रु ५० हजार राशिको विशेष सम्मान गरियो । 

पुरस्कृत व्यक्तित्वको तर्फबाट गीतकार ज्ञानेन्द्र गदालले गीत संगीतको विकास नभई नेपालको आर्थिक विकास नहुने भएकाले कला, संस्कृति तथा गीतको समग्र विकासका लागि सरकारको ध्यान जानुपर्ने बताउनुभयो । 

राष्ट्रियसभाका सदस्य कोमल ओली, गुठीका संरक्षक ज्योति राज्यलक्ष्मी शाह सिंहले स्व रमोलादेवी शाह छिन्नलताले गीत संगीतको क्षेत्रमा दिनुभएको अतुलनीय योगदान बिर्सन नसकिने बताउनुभयो । गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीले समारोहको सभापतित्व गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन