२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘महिला मेरी आमा, मेरी जीवन संगिनी र हामीले जन्माएकी छोरी हुन्’ (भिडियो सहित)

२०७५, ८ श्रावण मंगलवार १३:१९


साउन ८, काठमाडौँ | कानून, न्याय तथा संसदीय मामिला मन्त्री सेरबहादुर तामाङले आज आफ्नो पदबाट राजिनामा दिएका छन् । राजिनामा अघि केहि आफुले गरेका बिषयमा जानकारी दिएका मन्त्री तामाङ केहीबेर भावुक मुद्रामा समेत देखिएका थिए । 

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे यसअघि उनले एक कार्यक्रममा दिएको अभिव्यक्ति विवादमा आएपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा रुदै रुदै कानुनमन्त्रीले राजीनामा दिएका हुन् ।


आफू महिलाको हितमा निकै संवेदनशील बन्दाबन्दै पनि अहिले यही बिषयको सिकार हुनुपरेको भन्दै उनि केहीबेर भावुक समेत भएका थिए ।उनले राम्रो काम गर्ने कोशिष हुँदाहुँदै पनि राजीनामा गर्न बाध्य भएको उनको भनाई थियो । आफु महिला अधिकारको पक्षमा काम गर्दागर्दै त्यहि विषयमा विवादमा परेको उनले दावी गरे । उनले आफु भावुक मान्छे रहेको र जनतालाई शिरमा राखेर काम गरेको उनले बताए ।


कसैलाई समाप्त गर्ने उदेश्यले आफुले काम नगरेको तर राज्यका सवै अंगमा भ्रष्ट्राचार अन्त्यबारे आफु बोलेको पनि बताए । महिलाप्रति आफु संवेदनशिल रहेको भन्दै उनले बंगलादेशमा पढ्ने छोरी हिंसामा परेको सुनेपछि भावनात्मक रुपमा बोलेको उनले बताए । 

२०७४ चैत्र ३ गते कानून मन्त्री बनेका तामाङले दिएका जानकारी अनुसार तामाङले मन्त्रालय सम्हालेपछी चार महिनाको समयमा मन्त्रालयले सबै मौलिक हकसंग सम्बन्धित कानून र १७ वटा नमूना प्रदेश कानून, स्थानीय तहमा न्याय समिति सञ्चालन कार्यविधि बनाएर ५७३ वटै स्थानीय तहमा पठाएको जानकारी दिए । उनले संविधान कार्यान्वयन गराउनुपर्ने १८ भन्दा बढी विषयका कानून निर्माण गर्न स्वीकृति पनि दिइसकेको जनाएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन