१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘महिला मेरी आमा, मेरी जीवन संगिनी र हामीले जन्माएकी छोरी हुन्’ (भिडियो सहित)

८ श्रावण २०७५, मंगलवार १३:१९


साउन ८, काठमाडौँ | कानून, न्याय तथा संसदीय मामिला मन्त्री सेरबहादुर तामाङले आज आफ्नो पदबाट राजिनामा दिएका छन् । राजिनामा अघि केहि आफुले गरेका बिषयमा जानकारी दिएका मन्त्री तामाङ केहीबेर भावुक मुद्रामा समेत देखिएका थिए । 

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे यसअघि उनले एक कार्यक्रममा दिएको अभिव्यक्ति विवादमा आएपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा रुदै रुदै कानुनमन्त्रीले राजीनामा दिएका हुन् ।


आफू महिलाको हितमा निकै संवेदनशील बन्दाबन्दै पनि अहिले यही बिषयको सिकार हुनुपरेको भन्दै उनि केहीबेर भावुक समेत भएका थिए ।उनले राम्रो काम गर्ने कोशिष हुँदाहुँदै पनि राजीनामा गर्न बाध्य भएको उनको भनाई थियो । आफु महिला अधिकारको पक्षमा काम गर्दागर्दै त्यहि विषयमा विवादमा परेको उनले दावी गरे । उनले आफु भावुक मान्छे रहेको र जनतालाई शिरमा राखेर काम गरेको उनले बताए ।


कसैलाई समाप्त गर्ने उदेश्यले आफुले काम नगरेको तर राज्यका सवै अंगमा भ्रष्ट्राचार अन्त्यबारे आफु बोलेको पनि बताए । महिलाप्रति आफु संवेदनशिल रहेको भन्दै उनले बंगलादेशमा पढ्ने छोरी हिंसामा परेको सुनेपछि भावनात्मक रुपमा बोलेको उनले बताए । 

२०७४ चैत्र ३ गते कानून मन्त्री बनेका तामाङले दिएका जानकारी अनुसार तामाङले मन्त्रालय सम्हालेपछी चार महिनाको समयमा मन्त्रालयले सबै मौलिक हकसंग सम्बन्धित कानून र १७ वटा नमूना प्रदेश कानून, स्थानीय तहमा न्याय समिति सञ्चालन कार्यविधि बनाएर ५७३ वटै स्थानीय तहमा पठाएको जानकारी दिए । उनले संविधान कार्यान्वयन गराउनुपर्ने १८ भन्दा बढी विषयका कानून निर्माण गर्न स्वीकृति पनि दिइसकेको जनाएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन