२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश लोकसेवा आयोगको विधेयक बनाउन सैद्धान्तिक स्वीकृती

२०७५, १० श्रावण बिहीबार १७:०२

साउन १०, सुर्खेत | कर्णाली प्रदेशमा प्रदेश लोकसेवा आयोगको विधेयक बनाउन सैद्धान्तिक स्वीकृत दिइएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बिहिबार बसेको बैठकले प्रदेश लोकसेवा आयोग विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।

सैद्धान्तिक स्वीकृतिसंगै आयोगको संरचना कस्तो हुने र कस्ता कस्ता ऐन कानुनहरु बनाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले विधेयक तयार गरेर संसदमा पेश गर्ने प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् । उनले संसदमा पेश भएपछि विधेयकमाथि छलफल भएपछि पास भएमा र आयोग गठनको बाटो खुल्ने बताईन् । उनले विधेयक कति समयसम्म बनिसक्छ भन्ने विषयमा केही खुलाइनन् ।

प्रादेशिक सेवा र स्थानीय सेवाका रिक्त पदहरुमा कर्मचारी भर्ना गर्नका लागि परीक्षा सञ्चालन गर्न प्रादेशिक लोक सेवा आयोगको गठन गर्नुपर्छ । प्रादेशिक लोक सेवा गठन भएपछि लोक सेवाको परीक्षा पद्धतिलाई अनुगमन गर्ने र प्रादेशिक आयोगका आधार र मापदण्ड निर्धारण गर्नेछ । केही निश्चित विषयहरुमा स्वायत्तता प्रदान गर्न सकिए पनि प्रदेश स्तरमा समेत योग्यता प्रणालीको संरक्षण गर्न सवल संघीय लोक सेवा आयोगको स्थापना गर्न नहुने तर्क विज्ञहरुले यस अघि नै सुझाइसकेका छन् ।  

यस्तै, बिहिबारको बैठकले सल्यानको छत्रेश्वरी गाउँपालिकाको केन्द्र र नामको टुंगो राजनैतिक समितिले टुङ्गयाउने छ । छत्रेश्वरी गाँउपालिकाको केन्द्र्र विवाद र नाम परिवर्तनको विषयमा विवाद भएपछि प्रदेश सरकारले सरकारको राजनैतिक समितिमा पठाएको छ । यस्तै, प्रशासकीय कार्यविधि नियमित गर्ने सम्वन्धमा वनेको विधेयक २०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ  भने प्रदेश सरकारले वैदेशिक ऋण अनुदान सहायता एवं अन्तराष्ट्रिय लगानी प्राप्त गर्ने सम्वन्धमा विकास साझेदार, दातृ निकाय एवं वैदेशिक लगानीकर्तामैत्री वार्ता, संवाद र साझेदारी गर्न प्रदेश सरकारलाई सहमति दिन नेपाल सरकार तथा अर्थ मन्त्रालयसंग अनुरोध गरि पठाउने निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिइन् । कर्णालीमा नीजि क्षेत्रवाट लगानी हुने योजना, आयोजना, कार्यक्रम र उद्योगमा राज्यवाट संकलन हुने कर र राजश्वमा दश वर्ष सम्म छुट हुने व्यवस्था मिलाई दिन र प्रदेशका गौरवका आयोजनाहरुको लागि सरकारले विशेष अनुदान, समपुरक अनुदान, आन्तरिक ऋण तथा वैदेशिक सहायता एवं लगानीको व्यवस्थापनका लागि नेपाल सरकार तथा अर्थमन्त्रालयलाई अनुरोध गरि पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु