१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा कांग्रेस महामन्त्री कोइरालाले भने – ‘पहिले त हाम्रो घरै ठीक गर्नुपर्छ’

१० श्रावण २०७५, बिहीबार १७:४७

साउन १०, नवलपरासी | नेपाली काँगे्रसका महामन्त्री डा शशांक कोइरालाले नेपाली काँगे्रसका कार्र्यकर्ता अब एक ढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । 

छत्तिसौँ बिपी स्मृति दिवसका अवसरमा काँगे्रस जिल्ला कार्य समिति नवलपरासीले कावासोतीमा आयोजना गरेको विचार गोष्ठीमा उहाँले भन्नुभयो, “सबैभन्दा पहिले त हाम्रो घरै ठीक गर्नुपर्छ, हाम्रो घरै ठीक छैन, गुटउपगुट छ, त्यसलाई अन्त्य गर्नुपर्छ ।” 

महामन्त्री डा कोइरालाले मुलुक र नेपाली जनताको आवश्यकताअनुसार काँग्रेसको आउँदो महाअधिवेशन कुनै गुटउपगुटको नभई एकताको हुनुपर्नेमा जोड दिदैं कुनै पनि गुटउपगुट नभएको एकता महाअधिवेशन आफूले हेर्न चाहेको बताउनुभयो । 

बिपीले आफ्ना कार्यकर्तालाई सम्मान, माया र आत्मीयता प्रदान गरेकै कारण बिपी आज सबैमाझ लोकप्रिय रहेको उल्लेख गर्दै उहाँले बिपीको विचारलाई अवलम्बन गरेर नेपाली काँगे्रस अगाडि बढ्नुपर्ने बताउनुभयो । 

नेपाली काँगे्रसका सहमहामन्त्री डा प्रकाशशरण महतले बिपीको सिद्धान्तलाई नेपाली काँगे्रसका कुनै पनि नेता तथा कार्यकर्ताले बिर्सन नहुने बताउँदै बिपीको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभयो । 

बिपीले देखाएको बाटोमा हिँड्न सके मात्रै अबको काँगे्रस बलियो हुने पनि उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन