२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा कांग्रेस महामन्त्री कोइरालाले भने – ‘पहिले त हाम्रो घरै ठीक गर्नुपर्छ’

२०७५, १० श्रावण बिहीबार १७:४७

साउन १०, नवलपरासी | नेपाली काँगे्रसका महामन्त्री डा शशांक कोइरालाले नेपाली काँगे्रसका कार्र्यकर्ता अब एक ढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । 

छत्तिसौँ बिपी स्मृति दिवसका अवसरमा काँगे्रस जिल्ला कार्य समिति नवलपरासीले कावासोतीमा आयोजना गरेको विचार गोष्ठीमा उहाँले भन्नुभयो, “सबैभन्दा पहिले त हाम्रो घरै ठीक गर्नुपर्छ, हाम्रो घरै ठीक छैन, गुटउपगुट छ, त्यसलाई अन्त्य गर्नुपर्छ ।” 

महामन्त्री डा कोइरालाले मुलुक र नेपाली जनताको आवश्यकताअनुसार काँग्रेसको आउँदो महाअधिवेशन कुनै गुटउपगुटको नभई एकताको हुनुपर्नेमा जोड दिदैं कुनै पनि गुटउपगुट नभएको एकता महाअधिवेशन आफूले हेर्न चाहेको बताउनुभयो । 

बिपीले आफ्ना कार्यकर्तालाई सम्मान, माया र आत्मीयता प्रदान गरेकै कारण बिपी आज सबैमाझ लोकप्रिय रहेको उल्लेख गर्दै उहाँले बिपीको विचारलाई अवलम्बन गरेर नेपाली काँगे्रस अगाडि बढ्नुपर्ने बताउनुभयो । 

नेपाली काँगे्रसका सहमहामन्त्री डा प्रकाशशरण महतले बिपीको सिद्धान्तलाई नेपाली काँगे्रसका कुनै पनि नेता तथा कार्यकर्ताले बिर्सन नहुने बताउँदै बिपीको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभयो । 

बिपीले देखाएको बाटोमा हिँड्न सके मात्रै अबको काँगे्रस बलियो हुने पनि उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने