१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कांग्रेसले विपिको नाममा राजनिति मात्रै गर्यो, व्यवहारमा उतारेन: महामन्त्री

११ श्रावण २०७५, शुक्रबार १३:५२

कमला राना मगर | साउन ११, नवलपरासी | नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसले विपिको नाममा राजनिति मात्रै गरीरहेको तर व्यवहारमा नउतारेको बताउनुभएको छ ।

आज कावासोतिमा आायोजित नेपाली कांग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय मगर संघ नवलपुरको दोस्रो अधिवेशनको खुल्ला सत्रलाइ सम्बोधन गर्नुहुदै महामन्त्री कोइरालाले विपिले जहीले पनि समावेशि राजनिति चाहेको बताउनुहुदै जनसाख्यीक हिसावले तेस्रो नम्बरमा रहेको मगर समुदायलाइ पनि नेपाली कांग्रेसले समेटेर अगाडि बढनुपर्ने बताउनुभयो ।

आफ्नै संस्कार र संस्कृति तथा पहीचान रहेको मगर समुदायको इतिहास कालदेखि नै ठुलो योगदान रहेको बताउनुहुदै महामन्त्री कोइरालाले नेपाली कग्रेसलाइ एकबद्ध बनाउनको लागी समेत मगर समुदायको ठुलो भुमिका हुने बताउनुभयो ।

यसैगरी कार्यक्रममा वोल्नुहुदै नेवि संघका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरु राज घिमिरेले कसरी मगर समुदायलाइ पार्टिमा धेरै भन्दा धेरै आवद्ध गराउन सकीन्छ भन्ने तर्फ पार्टि लाग्नुपर्ने बताउनुभयो ।


नेपाली कांग्रेस सबै जातजातिको साझा घर भएको बताउनुहुदै केन्द्रीय सदस्य घिमिरेले मगर समुदायको पहीचान सहीतको मुद्दा नेपाली कग्रेसले मात्र पुरा गर्ने दावि गर्नुभयो ।

यस्तै नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य एव प्रदेश सभासदन कृष्ण चन्द्र नेपालीले आर्थिक, राजनैतिक तथा समाजिक हिसावले अव मगर समुदाय अगाडी बढनुपर्ने समय आएको बताउनुभयो ।

मगर समुदायले आफुभित्र रहेको क्षमतालाइ पहीचान गर्नुपर्ने बताउनुहुदै पुर्व केन्द्रीय सदस्य नेपालीले नेपाली कांग्रेसलाइ अगाडी बढाउनको लागी मगर समुदाय आव एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री शसाक कोइरालाको प्रमुख आतीथ्यता रहेको कार्यक्रममा नेवि संघका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरु राज घिमिरे, नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य एव प्रदेश सभा ससद कृष्ण चन्द्र नेपाली, प्रदेश ससद ओमकला गौतम, नेपाल भुतपुर्व सैनिक संघका केन्द्रीय अध्यक्ष कर्णेल धन बाहादुर मास्की राना, नेपाली कांग्रेस महासमीति सदस्य गजेन्द्र आले, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आर सी भट्टराइ, प्रेस युनियनका केन्द्रीय सचिव केवि राना, नेपाली कग्रेस नवलपरासी जिल्ला सचिव बालकृष्ण घिमिरे, जिल्ला समन्वय समीति प्रमुख चेसराम आले, मध्यविन्दु नगरपालिका प्रमुख चन्द्र बाहादुर राना लगाएत पार्टि सभापतिहरु, क्षेत्रिय सभापतिहरु लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन