२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अधिनायकवादी ओली, अस्पताल गोली..’

२०७५, १५ श्रावण मंगलवार १३:३८

प्रेम सुनार | साउन १५, गुल्मी | पेचिला र मिठा नारा बनाउन असाध्धै  सिपालु छ कांग्रेस भनेर विपक्षहरुले  आलोचना गर्दै आई रहेको बेला आजको विरोध जुलुसमा पनि निकै पेचिला र मिठा नारा सुनियो सदरमुकाम तम्घासमा ।

‘अधिनायकवादी ओली, अस्पतालमा गोली….,  तिम्रो मार्सी  चामलले  समाजवाद आउँदैन.. , ओलीको पाराले  दुख पाए साराले… ओली सरकार देखियो न्यायको घाँटी रेटियो…बढ्दो कर खारेजी गर बढ्दो महँङ्गी नियन्त्रण गर..’ जस्ता नाराहरु घक्नकाउँदै तम्घास बजार परिक्रममा गरेको  विरोध जुलुस  वालमन्दिर प्रङ्गााणमा आई सभामा परिणत भएको थियो । 

जुलुसमा झण्डै ८० प्रतिशत महिलाहरु देखिन्थे । गाउँगाउका अगुवा कार्यकर्ता मात्रैले पनि जुलुसको लर्को निकै लामो थियो । अग्रभागको मोर्चा पार्टी सचिव विष्णुकुमारी सापकोटा सहित महिलाहरुले सम्हालेका थिए ।

विचमा अर्का सचिव खिलध्वज पन्थी र त्यस भन्दा  पछाडीको मोर्चामा पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ लगायतका नेताहरु थिए । पानी परिरहेको थियो । छाता ओढेरै चर्को चर्को स्वर सरकारप्रति निकै आक्रोषित मुद्रामा कार्यकर्ताहरु प्रस्तुत भएको देखिन्थ्यो ।

कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय सदस्य गुरुप्रसाद घिमिरे ढिलो गरी आउँदा जुलुसमा सहभागि हुन पाएनन । कार्यक्रम सुरु भएको धेरै ढिलो आई आई पुगेका थिए ।  अतिथीहरु भएभरका जिल्ला सदस्य, क्षेत्रिय सदस्य जनवर्गिय संगठनका सवै र बक्ताहरु  पनि धेरै जना बनाईएकोले पट्यारो लाग्दो बनाईएको थियो ।


कम्युनिष्टहरुलाई तल्ला छेँउँ पारेर  भाषण गर्न अझ भनौं  उनिहरु मान्छे नै होईन जस्तो  गरे  बोल्न खप्पीस  पुर्वपाटी सभापति सुरेशचन्द्र भुसालले मास तताउन खोजिरहेका थिए । तर पानी आउन लागेको भन्दै प्रमुख अतिथीलाई छिटो बोल्न दिन पार्टी सभापति श्रेष्ठले रोक्न लगाए ।

प्रमुख अतिथी  र केन्द्रिय सदस्य जस्तो जिम्मेवार ब्यक्ति घिमिरेको कम्युनिष्ट प्रतिको गाली गलौज अलि तुच्छखालको लागेको प्रतिकृया दिदै थिए वाहिर बसेर सुनिरहेका विपक्षी दलका कार्यकर्ताहरु ।

शान्ति प्रकृया पछि विपक्षीहरुका नेताहरुलाई ईङ्गित नै गरेर गाली गलौज गर्ने  संस्कृति हट्दै गएको थियो नेकपाका एक कार्यकर्ताले भने आज कांग्रेस नेताहरुको भाषण सुन्दा २०४६ साल पछि बहुलताका जस्तै  लाग्यो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन