१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापाले माफी मागे (भिडियो हेर्नुहोस्)

१५ श्रावण २०७५, मंगलवार १६:४७

साउन १५, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले बंगलादेशमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरुलाई आफ्नो अभिव्यक्तिले चोट पुगेकोमा माफी मागेका छन् ।

नेता थापाले आफ्नो उद्देश्य बंगलादेशबाट एमबिबिएस अध्ययन गरेर आउने डाक्टरहरुलाई चोट पुर्‍याउनु नभएको भन्दै उनले फेसबुक लाइभमार्फत भनेका छन् – 'जसले राम्रोसँग पढ्नु भएको छ, मेहनत गर्नु भएको छ । मेरो कारणले तपाईहरुको आत्मसम्मानमा चोट पुगेको छ । यसले मलाई पनि दुःख लागेको छ ।’

थापाले हालै मात्र एक कार्यक्रममा बंगलादेशमा पढने ९० प्रतिशत नेपाली विद्यार्थी प्रमाणपत्र पाउने निश्चित भएपछि अध्ययन गर्न गएको दाबी गरेका थिए । आफूले सामान्यीकरण गुर्नु र कुन तथ्यका आधारमा यो भनिएको हो प्रष्ट पार्न नसक्नु कमजोरी भएको कांग्रेस सांसद थापाले स्वीकार गरेका छन् । नेता थापाले बंगलादेशका धेरै निजी मेडिकल कलेजमा राम्रो पढाई नहुने अडान दोहोर्‍याएका छन् ।

नेता थापाले बंगलादेशमा राम्रा कलेज पनि रहेको तर, त्यहाँ नगन्य नेपाली विद्यार्थी रहेको थापाले बताए । उनले नेपाल मेडिकल काउन्सिलले लिएका परीक्षामा विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर आउनेहरु ३२ पटकसम्म फेल हुने गरेको तथ्य उल्लेख गरेका छन् । 'नेपाल बाहिर चिकित्सा शिक्षा अध्ययन गर्न जाने बिद्यार्थीका सन्दर्भमा मेरो अभिव्यक्तिका बारेमा उठेका विषयहरूसंग सम्बन्धित।' शिर्षकमा लाइभ दिंदै नेता थापाले नेपाल भित्र कम मेडिकल शिक्षालय नहुनाले नेपालीहरु बाहिर जानुपरेको बिषयलाई प्रस्ट्याउने क्रममा आफुले प्रतिक्रिया राखेको बताएका छन् । उनले आफ्नो टिप्पणीले राम्रा बिद्यार्थीलाई चोट पुगेको भन्दै उनीहरु जसले राम्रोसँग पढ्नु भएको र मेहनत गरेर पढ्नुभएको छ, तपाइँलाई मेरो भनाईले आंच पुगेको छ भन्दै क्षमा मागेका छन् । उनले लाइभमा आफ्ना बिभिन्न बिषयलाई प्रस्ट्याउँदै बोलेको कुरालाई तल भिडियोमा हेर्न सक्नुहुनेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन