२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कम्युनिष्ट शासन पतन गर्ने ताकत काँग्रेससंग छः थानी

२०७५, १६ श्रावण बुधबार ०३:०९

साउन १५, सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले सरकार अधिनायकबादी बनेको भन्दै बेलैमा नसच्चिए सधैका लागि कम्युनिष्ट शासन पतन गर्ने ताकत काँग्रेससंग भएको दावी गरेका छन् । मंगलबार वीरेन्द्रनगरमा सरकारविरुद्धको प्रदर्शन पछिको सभामा बोल्दै नेता थानीले सरकार नसच्चिए काँग्रेस टक्कर दिन तयार रहेको चेतावनी दिए ।

‘कांग्रेसले १ सय ४ बर्षे राणा शासन, ३० बर्षे निरंकुश पञ्चायत र राजा ज्ञानेन्द्रको शासन पनि ढालेको चर्चा गर्दै कुनै पनि निरंकुशता र अधिनायकबादी शैली काँग्रेसका लागि मान्य नहुने बताए । ‘काँग्रेससंग टक्कर लिएका धेरै शक्तिहरुको अवस्था कम्प्युनिष्ट नेताहरुलाई थाह छ’ उनले भने, ‘ओली सरकारले पनि काँग्रेससंग निहुँ खोजे सडकबाटै ढालेर छाड्छौं ।’ काँग्रेस माइतीघर मण्डलामा सिमित भएको ओलीको भनाईप्रति नेता थानीले कांग्रेसको चिन्ता नगर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले कम्युनिष्ट सरकारलाई आतंकबादी शासकको संज्ञा दिए । उनले टाउकोमा कफन बाँधेर आन्दोलनमा उत्रिने अवस्था आउन सक्ने भन्दै सबैलाई साथ दिन पनि आग्रह गरे । विरोध सभामा पूर्व सञ्चार राज्यमन्त्री तप्पबहादुर विष्ट, तरूण दल, नेविसंघ र महिला संघ लगायतका भातृ संगठनको व्यापक सहभागिता रहेको थियो ।

सरकार सर्वसत्तावादी भएको, महंगी बढेको लगायतका विषय उठाउँदै काँग्रेसले मंगलबार देशका ७७ जिल्लाका सदरमुकामहरुमा विरोध प्रदर्शन गरेको छ । लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका मुख्य एजेण्डामा विरोधमा प्रदर्शन गरिएको हो । वीरेन्द्रनगरको मंगलगढीचौकबाट शुरु भएको र्यालीले बजार परिक्रमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने