२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस सदनमा प्रस्तुत हुने रणनीति बनाउँदै

२०७५, १८ श्रावण शुक्रबार ०६:४८

साउन १७, काठमाडौँ  | प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ । 

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताउनुभयो । 

बिहीबार काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि पटकपटक समय माग गर्दा पनि नपाएको भन्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरेको थियो । काँग्रेसले बैठक बहिष्कार गरेपछि पनि सभामुखले बैठकलाई निरन्तरता दिनुभएको सम्बन्धमा पार्टीले थप गम्भीररूपमा लिएको जनाएको छ । 

संसदीय दलको बैठकमा संविधानका मौलिक हक कार्यान्वयनका लागि बनाउनुपर्ने ऐनका सम्बन्धमा पनि छलफल हुने उहाँले जानकारी दिनुभयो । प्रमुख सचेतक खाँणले भन्नुभयो, “सरकारले छिटोभन्दा छिटो मौलिक हकसम्बन्धी विधेयक सदनमा प्रस्तुत गरोस् भन्ने हामी चाहन्छाँै, जनतालाई मौलिक अधिकार दिलाउन उक्त विधेयक संसदबाट शीघ्र पारित गर्नुपर्छ भन्नेमा काँग्रेसको ध्यान गएको छ ।” 

बैठकमा संसदीय समिति गठनका सम्बन्धमा समेत छलफल हुने बताइएको छ । प्रतिनिधिसभाका १० विभिन्न विषयगत समितिमा रहने सांसदको नाम संसद्को बिहीबारको बैठकले अनुमोदन गरेको थियो । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन