२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री थापा इन्डोनेशिया प्रस्थान

२०७५, २० श्रावण आईतवार १७:३५

साउन २०, काठमाडौँ (रासस) | गृहमन्त्री रामबहादुर थापा इन्डानेशिया प्रस्थान गर्नुभएको छ । इन्डोनेशियाको राजधानी बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आज बेलुका इन्डोनेसिया प्रस्थान गर्नुभएको हो । 

यही साउन २१ र २२ गते चल्ने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी हुँदैछन् । गृहमन्त्री थापाले साउन २२ गते सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

नेपालसहित चीन, भारत, अष्टे«लियालगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय विभिन्न एजेन्सीहरु आइओएम, युएनएचसिआर र युएनओडिसीका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुँदैछन् । 

मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा सदस्य राष्ट्रहरुबीच नीति, निर्माण, सूचना आदानप्रदान र सहकार्य गर्ने उद्देश्यले सन् २००२ मा ‘बाली प्रोसेस’को नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो । 

गृहमन्त्रालयको चार सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा आज बेलुका ९.३० बजे त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँ साउन २३ गते स्वदेश फर्कनुहुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन