२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चारको वार्षिक कार्ययोजना कार्यान्वयनका लागि निर्देशन

२०७५, २१ श्रावण सोमबार ०९:११

साउन २१, काठमाडौँ, | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक नीति, कार्यक्रम र बजेटलाई तोकिएको समयमा प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । 

आर्थिक वर्ष २०७५÷७६ मा मन्त्रालयबाट सञ्चालन गरिने कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजनाको आज सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले नीतिमा टेकेर अपेक्षित नतिजा निकाली समृद्ध नेपालको सपना साकार पार्न सबैले गतिशीलता अपनाउन आवश्यक रहेकामा जोड दिनुभयो । मन्त्रालयले डिजिटल नेपाल निर्माण, सार्वजनिक प्रसारण सेवा गठन, हुलाक सेवाको आधुनिकीकरण, सुरक्षित मुद्रणालय स्थापना, नेपाल टेलिकमको गुणस्तर सुधार, कानूनी र नीतिगत विषयमा सरलीकरणसहित विगतभन्दा फरक शैलीमा एकीकृत कार्ययोजना सार्वजनिक गरेको छ । 

“तोकिएको समयमा तोकिएको लक्ष्यअनुसार काम सम्पन्न गरेर बजेट खर्च गर्न र आर्थिक वृद्धिमा लाग्न आवश्यक छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “चैत महिनमा काम गरेर बजेट पुगेन भन्ने प्रथा अन्त्य गर्नुपर्छ । हामी हरेक तीन महिनामा प्रगति विवरण लिन्छाँै र त्यसमाथि प्राविधिक अनुगमन पनि गर्छौ ।” 

कमिशन वा नातागोताका आधारमा सामान खरीद वा कामको जिम्मेवारी दिएको पाइएमा सम्बन्धि व्यक्ति वा निकायलाई कारवाही गरिने स्पष्ट गर्दै उहाँले हरेक निर्णय विचार गरेर मात्र गर्न निर्देशन दिनुभयो । उहाँले चलचित्रसँग सम्बन्धित बक्स अफिस प्रणालीलाई काठमाडौँ उपत्यका बाहिर पनि लगिने जानकारी दिनुभयो । 

आमसञ्चार नीति प्राथमिकतामा 

मन्त्रालयको कार्ययोजना पुस्तिकामा नेपालको संविधानानुसार सञ्चार तथा सूचना समृद्ध नीति र कानूनहरुको पुनरवलोकन, संघीयतानुसार सञ्चार क्षेत्रको पुनःसंरचना, राष्ट्रिय आमसञ्चार नीतिको कार्यान्वयन, प्रसारण संस्थाको नियमन, प्रसारण संस्थाको डिजिटलाइजेशनका विषय समावेश छन् । 

कार्ययोजनामा देशव्यापी रुपमा रेडियो, टेलिभिजन, टेलिफोन र इण्टरनेट सेवाको पहुँच विस्तार, दूरसञ्चार सेवाका लागि ब्रोडब्याण्ड पूर्वाधार विस्तार, प्रादेशिक रुपमा प्रकाशन र प्रसारण, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माणलगायत विषय पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन