१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चारको वार्षिक कार्ययोजना कार्यान्वयनका लागि निर्देशन

२१ श्रावण २०७५, सोमबार ०९:११

साउन २१, काठमाडौँ, | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक नीति, कार्यक्रम र बजेटलाई तोकिएको समयमा प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । 

आर्थिक वर्ष २०७५÷७६ मा मन्त्रालयबाट सञ्चालन गरिने कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजनाको आज सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले नीतिमा टेकेर अपेक्षित नतिजा निकाली समृद्ध नेपालको सपना साकार पार्न सबैले गतिशीलता अपनाउन आवश्यक रहेकामा जोड दिनुभयो । मन्त्रालयले डिजिटल नेपाल निर्माण, सार्वजनिक प्रसारण सेवा गठन, हुलाक सेवाको आधुनिकीकरण, सुरक्षित मुद्रणालय स्थापना, नेपाल टेलिकमको गुणस्तर सुधार, कानूनी र नीतिगत विषयमा सरलीकरणसहित विगतभन्दा फरक शैलीमा एकीकृत कार्ययोजना सार्वजनिक गरेको छ । 

“तोकिएको समयमा तोकिएको लक्ष्यअनुसार काम सम्पन्न गरेर बजेट खर्च गर्न र आर्थिक वृद्धिमा लाग्न आवश्यक छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “चैत महिनमा काम गरेर बजेट पुगेन भन्ने प्रथा अन्त्य गर्नुपर्छ । हामी हरेक तीन महिनामा प्रगति विवरण लिन्छाँै र त्यसमाथि प्राविधिक अनुगमन पनि गर्छौ ।” 

कमिशन वा नातागोताका आधारमा सामान खरीद वा कामको जिम्मेवारी दिएको पाइएमा सम्बन्धि व्यक्ति वा निकायलाई कारवाही गरिने स्पष्ट गर्दै उहाँले हरेक निर्णय विचार गरेर मात्र गर्न निर्देशन दिनुभयो । उहाँले चलचित्रसँग सम्बन्धित बक्स अफिस प्रणालीलाई काठमाडौँ उपत्यका बाहिर पनि लगिने जानकारी दिनुभयो । 

आमसञ्चार नीति प्राथमिकतामा 

मन्त्रालयको कार्ययोजना पुस्तिकामा नेपालको संविधानानुसार सञ्चार तथा सूचना समृद्ध नीति र कानूनहरुको पुनरवलोकन, संघीयतानुसार सञ्चार क्षेत्रको पुनःसंरचना, राष्ट्रिय आमसञ्चार नीतिको कार्यान्वयन, प्रसारण संस्थाको नियमन, प्रसारण संस्थाको डिजिटलाइजेशनका विषय समावेश छन् । 

कार्ययोजनामा देशव्यापी रुपमा रेडियो, टेलिभिजन, टेलिफोन र इण्टरनेट सेवाको पहुँच विस्तार, दूरसञ्चार सेवाका लागि ब्रोडब्याण्ड पूर्वाधार विस्तार, प्रादेशिक रुपमा प्रकाशन र प्रसारण, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माणलगायत विषय पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन