ताराबहादुर महत । श्रावण २५, दोलखा । जिल्लाभित्रका साझा सवालहरुमा जिल्ला समन्वय समिति दोलखाले सक्रियतापुर्वक भुमिका निर्वाह गरेको पाईएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण २५, दोलखा । जिल्लाभित्रका साझा सवालहरुमा जिल्ला समन्वय समिति दोलखाले सक्रियतापुर्वक भुमिका निर्वाह गरेको पाईएको छ ।

५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

जिल्ला समन्वय समिति दोलखाको पहिलो बर्ष उपलब्धिमुलक

२५ श्रावण २०७५, शुक्रबार ०५:४२

ताराबहादुर महत । श्रावण २५, दोलखा । जिल्लाभित्रका साझा सवालहरुमा जिल्ला समन्वय समिति दोलखाले सक्रियतापुर्वक भुमिका निर्वाह गरेको पाईएको छ ।


संघिय र प्रदेश सरकारबाट पर्याप्त कानुन बनाएर स्पष्ट कार्यअधिकार नदिएकै समयमा पनि कामको सिर्जना गरेर जिल्ला समन्वय समितिलाई सक्रिय बनाई एक बर्षको कार्यकाल उपलब्धिमुलक बनाईएको समिति प्रमुख डबल पाण्डेले बताउनुभयो ।  समिति गठन भएको एक बर्षको अवधिमा भए गरेका कार्यहरुको बारेमा जानकारी दिन बुधबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमर्फत समिति प्रमुख पाण्डेले यस्तो जानकारी गराउनुभएको हो । भुकम्पपछिको पुननिमार्ण र गुनासो व्यवस्थापन, स्थानिय शासन संचालन, न्यायिक समिति मार्फत हुने न्याय सम्पादन, बजेट निमार्ण, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर संकलन र विकास निमार्णको अनुगमन लगायतका दर्जनौं विषयमा समन्वय गरिएको प्रमुख पाण्डेको भनाई छ । 

गत आर्थिक बर्ष २०७४÷०७५ मा निजी आवास पुननिमार्णका लागि दिईने अनुदान रकम बापत दोलखामा नौ अर्ब ६० करोड ५१ लाख ५० हजार रुपैँया उपलब्ध गराउन सहजीकरण गरिएको छ । त्यसैगरी दोलाबासीका लागि माथिल्लो तामाकोशीले छुट्याएको दश प्रतिशत शेयर सम्बन्धमा देखिएकका समस्याहरुमा पटक–पटक सहजीकरण गरेर अहिले शेयर संकलन हुने वातावरण बनाईएको प्रमुख पाण्डेले बताउनुभयो ।

संघिय सरकार र गैरसरकारी संघसंस्थाहरुको सहयोगमा विभिन्न विषयमा क्षमता अभिबृद्धिको तालिम संचालन गरिएको छ । जिल्लाका सबै स्थानिय तहमा संघिय सरकारको सहयोगमा स्थानिय शासन संचालन सम्बन्धि क्षमता अभिबृद्धि तालिम करिब ५ सय जनालाई प्रदान गरिएको छ । त्यसैगरी गैरसरकारी संस्थाहरुतर्फ प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालको सहयोगमा जिल्लाभरीका स्थानिय न्यायिक समतिका लागि मेलमिलाप र सिविन नेपालको सहयोगमा विगु र कालिञ्चोक गाउँपालिकामा जनप्रतिनिधिहरुका लागि स्थानिय बालमैत्री शासन सम्बन्धि तालिम संचालन गरिएको समन्वय समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ