२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिगो विकासको लक्ष्य पूरा गर्न युवाको भूमिका महत्वपूर्ण: सभामुख

२०७५, २६ श्रावण शनिबार १२:५२

साउन २६, काठमाडौँ | सभामुख कृष्णबहादुर महराले दिगो विकासको लक्ष्य पूरा गर्न युवाको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । 

‘एसियन युथ एसेम्ब्ली २०१८’ को आज यहाँ उद्घाटन गर्दै उहाँले ‘दिगो विकास लक्ष्य २०३०’ पूरा गर्न युवाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

सभामुख महराले भन्नुभयो, “विकासका लागि विश्वव्यापी अभियान अगाडि बढाउन संयुक्त राष्ट्रसंघले सन् २००० मा सहश्राब्दी विकास लक्ष्य घोषणा गरेको थियो, यसै सहश्राब्दी विकास लक्ष्यको जगमा ‘दिगो विकास एजेण्डा २०३०’ पारित गरिएको छ ।” 

“दिगो विकास एजेण्डाले निर्धारण गरेका लक्ष्य हासिल गर्न युवाको भूमिका महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो, “दिगो विकास लक्ष्यले जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न पहल थाल्न सचेत गराएको छ ।” 

सभामुख महराले उद्यमशीलता नै आर्थिक समृद्धिको मूल आधार भएको उल्लेख गर्दै युवा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न र आयआर्जन बढाउन उद्यमशीलतातर्फ अगाडि बढ्नुपर्छ भन्नुभयो । 

“उद्यमशीलताले रोजगारी सिर्जना गर्नुका साथै आर्थिक वृद्धिमा पनि योगदान गर्छ,” उहाँले भन्नुभयो, “ विकासका साझा मुद्दामा सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्छ ।” 

सभामुख महराले लोकतन्त्रको रक्षा, युवा नेतृत्वको विकास र वर्तमान विश्वका चुनौतीसँग लड्ने क्षमताको खोजी गर्न आग्रह गर्दै लामो राजनीतिक संघर्ष र संक्रमणबाट देश स्थिरता र शान्तिको बाटोतर्फ हिँडिरहेको बताउनुभयो । 

संविधान कार्यान्वयनकै चरणमा भएका स्थानीय, प्रदेश र संघको निर्वाचनमा ठूलो युवा समूह जनप्रतिनिधि चुनिएको उल्लेख गर्दै उहाँले राजनीतिक नेतृत्व तहमा पुगेका युवा शक्तिले वर्तमान विश्वका आम युवाको साझा सवालमा एसियाली मुलुकका युवासँग सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

ग्लोबल युथ पार्लियामेन्ट नेपालले आयोजना गरेको दुईदिने ‘एसियन युथ एसेम्ब्ली २०१८’ मा २३ वटा एसियाली मुलुकका प्रतिनिधिको सहभागिता छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ