१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

‘प्रचण्डसँग सानो झुण्ड मात्र बाँकी रहन्छ’ – माओवादी केन्द्र

२६ श्रावण २०७५, शनिबार १३:४४

साउन २६, मोरङ | ने.क.पा (माओवादी केन्द्र) को १ नम्बर प्रदेश पार्टी कमिटीको शुक्रबारदेखि जारी भेला तथा प्रशिक्षण विराटनगर स्थित बरगाछीमा सम्पन्न भएको छ । 

ने.क.पा. (माओवादी केन्द्र) का प्रदेश नं. १ का पार्टी संयोजक तिलक थापाको अध्यक्षतामा सम्पन्न उक्त भेला विमल निरौलाले संचालन गरेका थिए । उक्त भेला तथा प्रशिक्षणमा पार्टी अध्यक्ष गोपाल किराँती, वरिष्ठ उपाध्यक्ष भविसोर पराजुजी, उपाध्यक्ष तिलक थापा र सचिव राजन तिमिल्सीनाको विशेष उपस्थिती र वैठकमा १ नं. प्रदेश अन्तर्गतका पार्टी सचिवालय सदस्यहरु, पोलिटव्यूरो सदस्यहरु, पार्टी सल्लाहाकारहरु र जिल्ला इन्चार्जहरु तथा संयोजकहरु लगायत जिल्लाहरुका सबै तहका पार्टी कमिटी सदस्यहरु जवस, मोर्चा र विभागीय प्रमुख र सदस्यहरुको उपस्थिती रहेको थियो । 

बैठक तथा भेलामा पार्टीको गम्भीर चुनौति र संभावनाका विषयमा जिज्ञासा, सल्लाह सुझाव लिने काम भएको थियो भने समसामयिक राजनीतिक परिस्थिती, पार्टीले लिएको सैदान्तिक र बैचारिक दृश्टिकोण, पार्टीको कार्यदिशा बमोजिमको संगठनात्मक कार्यसैली, भ्रष्टाचार लगायत पार्टीका तीन अभियानको सञ्चालन र माओवाद मान्नेहरुको विचमा एकता र ध्रुबिकरणको लक्ष्य राखेर मोर्चा निर्माण गरिने बताइएको छ ।  

प्रशिक्षणका क्रममा बोल्दै पार्टीका बरिष्ठ उपाध्यक्ष भविसोर पराजुलीले पार्टीको राजनैतिक वैचारिक र संगठनात्मक क्षेत्रमा ऐतिहासिक गुणात्मक छलाङ्घ हान्न सफल भएको र प्रचण्ड लगायतको सानो समुह ने.क.पा.(माओवादी केन्द्र) परित्याग गरी एमालेमा प्रबेश गरेपनि ने.क.पा. (माओवादी केन्द्र) अझ सशक्त र प्रभावकारी रुपमा अगाडी बढ्न सफल भएको साथै महान् जनयुद्धको विरासत बोकेको यहि ने.क.पा. (माओवादी केन्द्र) को नेतृत्वमा नै नेपालमा समाजवादी क्रान्ति सम्पन्न हुने बताएका छन् । 


त्यस्तै भेलापछी पार्टी अध्यक्ष गोपाल किराँतीले पार्टी छोडेर गएकाहरु क्रमश आफ्नै पार्टीमा फर्किईरहेको भन्दै प्रचण्डसँग सानो झुण्ड मात्र बाँकी रहने दावी गरे ।  उनले भने 'ने.क.पा (माओवादी केन्द्र) को पछिल्लो बैठक तथा भेलाहरुमा उल्लेख्य सहभागिता हुनुले म निकै उत्साहित भएको छु । प्रदेश-प्रदेशमा अब माओवादी केन्द्रको आफ्नै शक्ति छ ।' 

दुईदिने भेलालाई पार्टीका अध्यक्ष गोपाल किराँती, उपाध्यक्ष भविसोर पराजुली, उपाध्यक्ष तिलक थापा, महासचिव कर्माध्वज बुढाथोकी र सचिव राजन तिमिल्सीनाले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन