२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

‘प्रचण्डसँग सानो झुण्ड मात्र बाँकी रहन्छ’ – माओवादी केन्द्र

२०७५, २६ श्रावण शनिबार १३:४४

साउन २६, मोरङ | ने.क.पा (माओवादी केन्द्र) को १ नम्बर प्रदेश पार्टी कमिटीको शुक्रबारदेखि जारी भेला तथा प्रशिक्षण विराटनगर स्थित बरगाछीमा सम्पन्न भएको छ । 

ने.क.पा. (माओवादी केन्द्र) का प्रदेश नं. १ का पार्टी संयोजक तिलक थापाको अध्यक्षतामा सम्पन्न उक्त भेला विमल निरौलाले संचालन गरेका थिए । उक्त भेला तथा प्रशिक्षणमा पार्टी अध्यक्ष गोपाल किराँती, वरिष्ठ उपाध्यक्ष भविसोर पराजुजी, उपाध्यक्ष तिलक थापा र सचिव राजन तिमिल्सीनाको विशेष उपस्थिती र वैठकमा १ नं. प्रदेश अन्तर्गतका पार्टी सचिवालय सदस्यहरु, पोलिटव्यूरो सदस्यहरु, पार्टी सल्लाहाकारहरु र जिल्ला इन्चार्जहरु तथा संयोजकहरु लगायत जिल्लाहरुका सबै तहका पार्टी कमिटी सदस्यहरु जवस, मोर्चा र विभागीय प्रमुख र सदस्यहरुको उपस्थिती रहेको थियो । 

बैठक तथा भेलामा पार्टीको गम्भीर चुनौति र संभावनाका विषयमा जिज्ञासा, सल्लाह सुझाव लिने काम भएको थियो भने समसामयिक राजनीतिक परिस्थिती, पार्टीले लिएको सैदान्तिक र बैचारिक दृश्टिकोण, पार्टीको कार्यदिशा बमोजिमको संगठनात्मक कार्यसैली, भ्रष्टाचार लगायत पार्टीका तीन अभियानको सञ्चालन र माओवाद मान्नेहरुको विचमा एकता र ध्रुबिकरणको लक्ष्य राखेर मोर्चा निर्माण गरिने बताइएको छ ।  

प्रशिक्षणका क्रममा बोल्दै पार्टीका बरिष्ठ उपाध्यक्ष भविसोर पराजुलीले पार्टीको राजनैतिक वैचारिक र संगठनात्मक क्षेत्रमा ऐतिहासिक गुणात्मक छलाङ्घ हान्न सफल भएको र प्रचण्ड लगायतको सानो समुह ने.क.पा.(माओवादी केन्द्र) परित्याग गरी एमालेमा प्रबेश गरेपनि ने.क.पा. (माओवादी केन्द्र) अझ सशक्त र प्रभावकारी रुपमा अगाडी बढ्न सफल भएको साथै महान् जनयुद्धको विरासत बोकेको यहि ने.क.पा. (माओवादी केन्द्र) को नेतृत्वमा नै नेपालमा समाजवादी क्रान्ति सम्पन्न हुने बताएका छन् । 


त्यस्तै भेलापछी पार्टी अध्यक्ष गोपाल किराँतीले पार्टी छोडेर गएकाहरु क्रमश आफ्नै पार्टीमा फर्किईरहेको भन्दै प्रचण्डसँग सानो झुण्ड मात्र बाँकी रहने दावी गरे ।  उनले भने 'ने.क.पा (माओवादी केन्द्र) को पछिल्लो बैठक तथा भेलाहरुमा उल्लेख्य सहभागिता हुनुले म निकै उत्साहित भएको छु । प्रदेश-प्रदेशमा अब माओवादी केन्द्रको आफ्नै शक्ति छ ।' 

दुईदिने भेलालाई पार्टीका अध्यक्ष गोपाल किराँती, उपाध्यक्ष भविसोर पराजुली, उपाध्यक्ष तिलक थापा, महासचिव कर्माध्वज बुढाथोकी र सचिव राजन तिमिल्सीनाले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ