१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

समृद्ध नेपाल बनाउन राज्यले युवालाई परिचालन गर्नुपर्दछ : अध्यक्ष शर्मा

२८ श्रावण २०७५, सोमबार ०३:५८

साउन–२८, अर्घाखाँची | जिल्ला समन्वय समितिका अध्यक्ष पिताम्बर शर्माले समृद्ध नेपाल बनाउन राज्यले युवालाई परिचालन गर्नुपर्ने बताउनुभएको छ । विदेशिएका युवाहरुको जनशक्तीलाई स्वदेशमै उपयोग गर्न नसके सम्म समृद्धीको नारा सफल नहुने उहांको भनाई छ । 

१९ औं अन्तराष्ट्रिय युवा दिवसको अबसरमा सन्धिखर्कमा सम्पन्न प्रवचन कार्यक्रममा बोल्दै समन्वय समितिका अध्यक्ष शर्माले यस्तो बताउनुभएको हो । पछिल्लो समय युवाहरु कुलत र दुब्र्यशनीमा आकर्षण भएकोमा चिन्ता ब्यक्त गर्दै शर्माले युवाहरु शिक्षा र सिप सिक्न आकर्षित हुनुपर्नेमा जोड दिनुभएको छ ।सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले सकरात्मक सोंच र योजनाका साथ काममा लागेमा कोहीपनि बेरोजगार बस्न नपर्ने तर्क गर्नुभएको छ । यो पनि भएन,उसले सहयोग गरेन,जिन्दगीमा महिले केही गर्न सकिन भनेर नकरात्मक सोंच राख्ने,अरुका कुरा काट्ने गरेर जिन्दगी सफल हुंदैन नगर प्रमुख भुसालले भन्नुभयो युवा सक्षम बन्न र समाजलाई समृद्ध बनाउन योजनाका साथ काममा लाग्न जरुरी छ ।

गलत काममा नलाग्ने, सांच्चै राम्रो काम गर्नेलाई जस्तोसुकै समस्या भएपनि आफुहरु सहयोग गर्न तत्पर रहेको उहांले बताउनुभएको छ ।जिल्ला युवा समितिका अध्यक्ष लिल बहादुर बिकको अध्यक्षता,जिल्ला युवा समितिका कार्यालय प्रमुख लिल बहादुर राउत क्षेत्रीको स्वागत मन्तव्य र चोपलाल बेल्बासेको संचालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगर उप–प्रमुख ठाकुर कुमार वि.क.,निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापा,नेकपाकी नेत्री छम कुमारी खनाल चिनारी,नेपाली कांग्रेसका नेता पिताम्बर खनाल,विबेकशिल साझा पार्टीका नेता हरी प्रसाद भुसाल,युवा संघ नेपालका अध्यक्ष गोविन्द आचार्य,जिल्ला युवा संजालका अध्यक्ष मनिष सिंह,अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ र पत्रकार महासंघ अर्घाखाँची उपाध्यक्ष गणेश खनालले युवा बेरोजगार समाजको एक समस्या भएको स्विकार गर्दै यसको निराकरणको निम्ती ब्याबसायिक कृषि,लघु उद्योग स्थापना,सिपमुलक कार्यक्रम संचालन गर्नुपर्ने र सकरात्मक सोंचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । 


बिभिन्न सरकारी तथा ग्रैह सरकारी संघ संस्थाका प्रमुख,प्रतिनिधि,बिभिन्न युवा संग सम्बन्धित संघ संगठनका प्रतिनिधि लगायतको सहभागितामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेलले भने देशमा जस्तोसुकै सरकार बनेपनि अहिले सम्म युवा परिचालन हुने कार्यक्रम आउन नसकेकोमा आक्रोस ब्यक्त गर्दै नेपालीमाथी जर्वजस्ती लादिएको संघियताका कारण मुलुकको अर्थतन्त्र झनै तहस नहस हुनेमा चिन्ता बयक्त गर्नुभएको छ ।मुलुकका जनप्रतिनिधि र कर्मचारी पाल्न सरकारले जथाभावी कर असुल्ने परिपाटी गलत भएको,यो सबै संघियताले निम्त्याएको परिणाम भएको भन्दै उपाध्यक्ष पौडेलले संघियता असफल पार्न सबै नेपाली एक नभएमा नेपालीको भबिष्यनै खतरामा पर्ने जिकिर गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन