२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

समृद्ध नेपाल बनाउन राज्यले युवालाई परिचालन गर्नुपर्दछ : अध्यक्ष शर्मा

२०७५, २८ श्रावण सोमबार ०३:५८

साउन–२८, अर्घाखाँची | जिल्ला समन्वय समितिका अध्यक्ष पिताम्बर शर्माले समृद्ध नेपाल बनाउन राज्यले युवालाई परिचालन गर्नुपर्ने बताउनुभएको छ । विदेशिएका युवाहरुको जनशक्तीलाई स्वदेशमै उपयोग गर्न नसके सम्म समृद्धीको नारा सफल नहुने उहांको भनाई छ । 

१९ औं अन्तराष्ट्रिय युवा दिवसको अबसरमा सन्धिखर्कमा सम्पन्न प्रवचन कार्यक्रममा बोल्दै समन्वय समितिका अध्यक्ष शर्माले यस्तो बताउनुभएको हो । पछिल्लो समय युवाहरु कुलत र दुब्र्यशनीमा आकर्षण भएकोमा चिन्ता ब्यक्त गर्दै शर्माले युवाहरु शिक्षा र सिप सिक्न आकर्षित हुनुपर्नेमा जोड दिनुभएको छ ।सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले सकरात्मक सोंच र योजनाका साथ काममा लागेमा कोहीपनि बेरोजगार बस्न नपर्ने तर्क गर्नुभएको छ । यो पनि भएन,उसले सहयोग गरेन,जिन्दगीमा महिले केही गर्न सकिन भनेर नकरात्मक सोंच राख्ने,अरुका कुरा काट्ने गरेर जिन्दगी सफल हुंदैन नगर प्रमुख भुसालले भन्नुभयो युवा सक्षम बन्न र समाजलाई समृद्ध बनाउन योजनाका साथ काममा लाग्न जरुरी छ ।

गलत काममा नलाग्ने, सांच्चै राम्रो काम गर्नेलाई जस्तोसुकै समस्या भएपनि आफुहरु सहयोग गर्न तत्पर रहेको उहांले बताउनुभएको छ ।जिल्ला युवा समितिका अध्यक्ष लिल बहादुर बिकको अध्यक्षता,जिल्ला युवा समितिका कार्यालय प्रमुख लिल बहादुर राउत क्षेत्रीको स्वागत मन्तव्य र चोपलाल बेल्बासेको संचालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगर उप–प्रमुख ठाकुर कुमार वि.क.,निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापा,नेकपाकी नेत्री छम कुमारी खनाल चिनारी,नेपाली कांग्रेसका नेता पिताम्बर खनाल,विबेकशिल साझा पार्टीका नेता हरी प्रसाद भुसाल,युवा संघ नेपालका अध्यक्ष गोविन्द आचार्य,जिल्ला युवा संजालका अध्यक्ष मनिष सिंह,अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ र पत्रकार महासंघ अर्घाखाँची उपाध्यक्ष गणेश खनालले युवा बेरोजगार समाजको एक समस्या भएको स्विकार गर्दै यसको निराकरणको निम्ती ब्याबसायिक कृषि,लघु उद्योग स्थापना,सिपमुलक कार्यक्रम संचालन गर्नुपर्ने र सकरात्मक सोंचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । 


बिभिन्न सरकारी तथा ग्रैह सरकारी संघ संस्थाका प्रमुख,प्रतिनिधि,बिभिन्न युवा संग सम्बन्धित संघ संगठनका प्रतिनिधि लगायतको सहभागितामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेलले भने देशमा जस्तोसुकै सरकार बनेपनि अहिले सम्म युवा परिचालन हुने कार्यक्रम आउन नसकेकोमा आक्रोस ब्यक्त गर्दै नेपालीमाथी जर्वजस्ती लादिएको संघियताका कारण मुलुकको अर्थतन्त्र झनै तहस नहस हुनेमा चिन्ता बयक्त गर्नुभएको छ ।मुलुकका जनप्रतिनिधि र कर्मचारी पाल्न सरकारले जथाभावी कर असुल्ने परिपाटी गलत भएको,यो सबै संघियताले निम्त्याएको परिणाम भएको भन्दै उपाध्यक्ष पौडेलले संघियता असफल पार्न सबै नेपाली एक नभएमा नेपालीको भबिष्यनै खतरामा पर्ने जिकिर गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने