२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली सरकारका ५ महिने उपलब्धिको ७४ पृष्ठे प्रतिवेदन सार्वजनिक (विवरणसहित)

२०७५, २८ श्रावण सोमबार १०:४६

साउन २८, काठमाडौं | केपी शर्मा ओली नेतृत्वको सरकारले ५ महिने उपलब्धि सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ओली नेतृत्वको सरकारले ५ महिनामा गरेका काम समेटेर ७४ पृष्ठ लामो प्रतिवेदन आज सार्वजनिक गरेको हो ।

ओली नेतृत्वको सरकारले प्रमुख सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा मितव्ययिता, सिण्डिकेटको अन्त्य,  विकास निर्माणमा ढिलासुस्तीको अन्त्य, औचित्यहीन भ्रमण नियन्त्रणमा रोक लगायतका विषयलाई उपलब्धि भएको जनाएको छ । 

नारायणगढ मुग्लिन सडक स्तरोन्नती, सिमरा बर्दिबास रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम, मुग्लिनमा त्रिशुली नदीमा आर्कब्रिज अन्तिम चरणमा पुग्नुलाई पनि सरकारले उपलब्धीमा राखेको छ । नागढुंगामा सुरुङ मार्ग निर्माण सरकारले आफ्नो उपलब्धी ठानेको छ । सरकारले ५ महिनामा ९० वटा तुइन विस्थापित गरेको जनाएको छ ।

भेरी बबई डाइभर्सनको ६ किलोमिटर सुरुङ निर्माण, काठमाडौं तराई फास्ट ट्रयाकमा १९ हजार रुख काटिनु, पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको बट्टार, तनहुँको आँबुखैरेनी, काभ्रेपलाञ्चोक र ललितपुरमा स्थान छनोटलाई पनि सरकारले उपलब्धी भनेको छ ।

डुवानको दीर्घकालीन समाधान, जलमार्गको स्थलगत अध्ययन, राजस्व संकलन, विकास खर्चमा वृद्धि लगायतलाई सरकारले आफ्नो उपलव्धिको सूचीमा राखेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन