१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन तस्करीको बारेमा गृहमन्त्री थापाले दिए यस्तो प्रतिक्रिया

२९ श्रावण २०७५, मंगलवार १०:४३

साउन २९, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको सञ्जाललाई ध्वस्त तुल्याइएको बताउनुभएको छ । राष्ट्रियसभा मातहतको दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले सुन तस्करीमा संलग्न व्यक्तिको सञ्जाल ध्वस्त भएको, मुख्य पात्र छानबीनको दायरामा आइसकेको उल्लेख गर्नुभयो । 

दुवईबाट तीन वर्षको अवधिमा एउटा समूहले मात्रै चार हजार क्विन्टल सुन तस्करी गरेको छानबिनबाट थाहा भएको जानकारी दिँदै गृहमन्त्री थापाले यहाँ आउने सुनको १० प्रतिशत मात्र नेपालमा खपत हुने र बाँकी भारत जाने गरेको अनुसन्धानबाट खुलेको बताउनुभयो । 

जैन भन्ने भारतीय नागरिकले दुवई, थाइल्याण्ड र मलेशियाको हवाई रुट प्रयोग गरी नेपाल हँुदै भारतीय बजारमा सुन पुर्याउने गरेको पाइएको जनाउँदै गृहमन्त्री थापाले उक्त रुटबाट सुन तस्करी गर्ने सबै पात्र पक्राउ गरेकाले पछिल्लो समय सुन तस्करीमा निकै कमी आएको दाबी गर्नुभयो । ‘‘अर्वांै मूल्यमा भइरहेको सुन तस्करीलाई नियन्त्रण गर्ने प्रयत्न गरिरहेका छौं,’’ उहाँले भन्नुभयो । 

भ्रष्टाचारलाई नियन्त्रण र निस्तेज गर्न नसकिएसम्म विकास निर्माण सम्भव नरहेको बताउँदै उहाँले घुस नपाएसम्म फाइल घुमाइरहने प्रवृत्ति अन्त्य गर्न सरकारले अब कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभयो । 

सुशासन, शान्ति र विकासका लागि अनुकूल वातावरण बनाउन गृहप्रशासनले काम गरिरहेको बताउँदै मन्त्री थापाले मदिराका कारण हत्या हिंसा र बलात्कारका घटना वृद्धि गरेकाले आन्दोलनकै रुपमा त्यसविरुद्ध अभियान चलाइने जानकारी दिनुभयो । 

ठेकेदारको लापर्वाहीका कारण दशकाँैदेखि विकास निर्माणका आयोजनाको प्रगति शून्यजस्तै रहेको बताउँदै उहाँले सडकको दुर्दशाका कारण दुर्गम क्षेत्रमा परिणत भएको काठमाडाँै उपत्यकाका सडक सुधार अन्तरमन्त्रालयबीच समन्वय गरेर अघि बढाइने प्रयास भइरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “जग्गा र मानव तस्कारीसग सम्बन्धित ठगीका घटना अर्वौं रकम जोडिएको छ, आधुनिक दासप्रथाको रुपमा चेलीबेटी बेचबिखनका घटना भइरहेको हुँदा रोकथामका लागि हदैसम्मका प्रयास भइरहेको छ ।” जात, धर्म र समुदायको नाममा केही तत्वले विकास र सुशासनमा बाधा पुर्याइरहेको बताउँदै गृहमन्त्री थापाले त्यस प्रकारका गतिविधिलाई परास्त गरिने बताउनुभयो । 

राजनीतिक दललाई दोहोरो मापदण्ड नलिन सुझाव दिँदै उहाँले भन्नुभयो, “विष्फोटका घटना गराउने, जबर्जस्ती चन्दा असुल गर्ने, राज्य सत्ता उल्टाउँछु भनी ध्वंसात्मक गतिविधि गर्ने कार्य कानून विपरीत भएकाले सरकारले त्यस्तो कार्यमा संलग्न जो कोहीलाई पनि कानूनी कारवाहीको दायरामा ल्याउन पछि पर्ने छैन ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन