२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

ने.क.पा (माओवादी केन्द्र) झापा जिल्लाको प्रथम वैठक सम्पन्न

२०७५, ३० श्रावण बुधबार ०४:०५

साउन २९, झापा | ने.क.पा (माओवादी केन्द्र) झापा जिल्ला पार्टी कमिटीको प्रथम वैठक झापा स्थित गौरिगन्जमा जिल्ला इन्चार्ज क. लिला खडका (मिलन) को अध्यक्षतामा सम्पन्न भएको छ ।

पार्टीका १ नम्बर प्रदेश संयोजक क. बिमल निरौलाको प्रमुख आतिथ्यता रहेको सो वैठकको संचालन जिल्ला संयोजक सिताराम खडकाले गर्नु भएको थियो भने वैठकमा जिल्ला अन्तर्गतका पार्टी सचिवालय सदस्यहरु, पोलिटव्यूरो सदस्यहरु, पार्टी सल्लाहाकार र जिल्ला सदस्यहरुको उपस्थिती रहेको थियो ।

वैठकको आरम्भ प्रचण्ड लगायतको समुहले ने.क.पा.(माओवादी केन्द्र) परित्याग गरेपछिको स्थितिमा माओवादी आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता दिने प्रतिवद्धता सहित सुरु भएको थियो ।


उक्त जिल्ला कमिटिको वैठकले जिल्लाका पालिका र वडा स्तरमा पार्टी, जवस, मोर्चा, र विभागहरु पुर्नगठन गर्ने, पार्टीका तीन अभियानः भ्रष्टाचार र मंहगी विरुद्धको अभियान, विचारधारात्मक तथा संगठन सुदृढीकरण अभियान, राष्ट्रिय स्वाधिनता प्रतिरक्षा अभियानलाई निरन्तरता दिने, माओवादी मान्नेहरुको विचमा पार्टी एकताको लक्ष्य राखेर मोर्चा बनाउने पार्टीको निर्णय बमोजिम प्रदेश स्तरको मोर्चा बनाई सघर्षलाई तिव्र बनाउने, कथित एकताको राजनीतिक तथा वैचारिक रुपमा भण्डाफोर गर्ने, माओवादी केन्द्र छोडेर नजान जिल्लाका सवै कमरेडहरुलाई अपिल गर्ने, छोडेर गएकाहरुलाई घर फर्कन आव्हान गर्ने र झापा पार्टी कार्यालय स्थापना गर्ने जस्ता माओवादी आन्दोलनलाई निरन्तरता दिने ऐतिहासिक निर्णय गरिएको माओवादी केन्द्रले जनाएको छ ।

बैठकको अन्त्यमा क. लिला खडका मिलनले बैठकका निर्णयहरुलाई दृढतापूर्वक कार्यान्वय गर्न निर्देशन दिदै सौहार्दपूर्ण वातावरणमा बैठक समापन भएको घोषणा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन