१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

ने.क.पा (माओवादी केन्द्र) झापा जिल्लाको प्रथम वैठक सम्पन्न

३० श्रावण २०७५, बुधबार ०४:०५

साउन २९, झापा | ने.क.पा (माओवादी केन्द्र) झापा जिल्ला पार्टी कमिटीको प्रथम वैठक झापा स्थित गौरिगन्जमा जिल्ला इन्चार्ज क. लिला खडका (मिलन) को अध्यक्षतामा सम्पन्न भएको छ ।

पार्टीका १ नम्बर प्रदेश संयोजक क. बिमल निरौलाको प्रमुख आतिथ्यता रहेको सो वैठकको संचालन जिल्ला संयोजक सिताराम खडकाले गर्नु भएको थियो भने वैठकमा जिल्ला अन्तर्गतका पार्टी सचिवालय सदस्यहरु, पोलिटव्यूरो सदस्यहरु, पार्टी सल्लाहाकार र जिल्ला सदस्यहरुको उपस्थिती रहेको थियो ।

वैठकको आरम्भ प्रचण्ड लगायतको समुहले ने.क.पा.(माओवादी केन्द्र) परित्याग गरेपछिको स्थितिमा माओवादी आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता दिने प्रतिवद्धता सहित सुरु भएको थियो ।


उक्त जिल्ला कमिटिको वैठकले जिल्लाका पालिका र वडा स्तरमा पार्टी, जवस, मोर्चा, र विभागहरु पुर्नगठन गर्ने, पार्टीका तीन अभियानः भ्रष्टाचार र मंहगी विरुद्धको अभियान, विचारधारात्मक तथा संगठन सुदृढीकरण अभियान, राष्ट्रिय स्वाधिनता प्रतिरक्षा अभियानलाई निरन्तरता दिने, माओवादी मान्नेहरुको विचमा पार्टी एकताको लक्ष्य राखेर मोर्चा बनाउने पार्टीको निर्णय बमोजिम प्रदेश स्तरको मोर्चा बनाई सघर्षलाई तिव्र बनाउने, कथित एकताको राजनीतिक तथा वैचारिक रुपमा भण्डाफोर गर्ने, माओवादी केन्द्र छोडेर नजान जिल्लाका सवै कमरेडहरुलाई अपिल गर्ने, छोडेर गएकाहरुलाई घर फर्कन आव्हान गर्ने र झापा पार्टी कार्यालय स्थापना गर्ने जस्ता माओवादी आन्दोलनलाई निरन्तरता दिने ऐतिहासिक निर्णय गरिएको माओवादी केन्द्रले जनाएको छ ।

बैठकको अन्त्यमा क. लिला खडका मिलनले बैठकका निर्णयहरुलाई दृढतापूर्वक कार्यान्वय गर्न निर्देशन दिदै सौहार्दपूर्ण वातावरणमा बैठक समापन भएको घोषणा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन