२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेकपा बझाङको अध्यक्ष पदका लागि नेताहरुको दौडधुप तिब्र

२०७५, ३० श्रावण बुधबार ०७:५४

सम्राट सिंह |  बझाङ ३० साउन | नेपाल कम्युनिस्ट पार्टी बझाङको अध्यक्ष पदका लागि जिल्लाका नेताहरुको तिब्र दौडधुप चलेको छ । 

एमाले र माओवादी केन्द्र बिच पाटी एकता भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको बझाङको नेतृत्व समाल्न नेताहरुले प्रदेश देखि केन्द्रसम्म दौडधुप सुरु भएको हो ।

चिया पसल देखि चोक चोकमा सर्वसाधारण देखि कार्यकर्ताहरुमा एकता पछि बनेको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व कसले गर्छ भन्ने बारे व्यापक बहस सुरु हुने गरेको छ । 

बझाङ जिल्लाबाट तत्कालिन नेकपा एमालेका अध्यक्ष दिल बहादुर सिंह, पूर्व सांसद मान प्रसाद खत्री, पूर्व सांसद अफिलाल ओखेडा, पूर्व सांसद लाल बहादुर रावल र तत्कालिन जिल्ला सचिव दमन भण्डारी लगायतका नेताहरु आकांक्षी रहेका छन भने तत्कालिन माओवादी केन्द्रबाट पनि प्रदेश नम्बर ७ का कार्यालय सचिव मिन बहादुर कुँबर (विश्वास) र जिल्ला अध्यक्ष कलक खडका (गम्भीर) आकांक्षी रहेका छन । 

नेकपा बझाङको नेतृत्व तथा अध्यक्ष पदका लागि नेताहरु बिच विगत एक महिना देखि रस्साकसी सुरु भएको छ तर बाजी कसले मार्ला को बन्ला जिल्ला अध्यक्ष यो भने जन चाँसोको बिषय बनेको छ । 

नेकपाको अध्यक्ष पदका लागि धेरै नेताहरु आकांक्षी देखिएतापनि अन्तमा तत्कालिन एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरव बहादुर सिंहले नेकपाको जिल्ला अध्यक्षका पदका लागि सक्षम नेतृत्व भनेर पूर्व सांसद मान प्रसाद खत्रीको नाम सिफारिस गरेको र एमालेका तत्कालिन जिल्ला अध्यक्ष दिल बहादुर सिंहले पनि आफ्नो नाम मात्र कार्यदलमा सिफारिस गरेको तत्कालिन नेकपा एमाले एक नेताले बताए । 

तत्कालिन माओवादी केन्द्रबाट भने सर्वसम्मत रुपमा तत्कालिन माओवादी केन्द्रका प्रदेश कार्यालय सचिव मिन बहादुर कुँबर(विश्वास) को नाम कार्यदलमा सिफारिस भएकाले ३ जना मध्य एक जनाले जिल्लाको नेत्तृत्व गर्ने निश्चित भएको उनको भनाइ छ । 

तत्कालिन एमालेका तर्फबाट पूर्व सांसद मान प्रसाद खत्री र जिल्ला अध्यक्ष दिल बहादुर सिंह तथा तत्कालिन माओवादी केन्द्रबाट सर्बसम्मत प्रदेश कार्यालय सचिव मिन बहादुर कुँबर को नाम कार्यदलमा सिफारिस भएको नेकपाका नेता तथा पूर्व सांसद जनक बुढाले बताए । उनले भने अब कार्यदलको सिफारिसका आधारमा भाद्र ९ गते बस्ने स्थायी समितिको बैठकले  अध्यक्षको टुङगो लगाउने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने