२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेकपा बझाङको अध्यक्ष पदका लागि नेताहरुको दौडधुप तिब्र

३० श्रावण २०७५, बुधबार ०७:५४

सम्राट सिंह |  बझाङ ३० साउन | नेपाल कम्युनिस्ट पार्टी बझाङको अध्यक्ष पदका लागि जिल्लाका नेताहरुको तिब्र दौडधुप चलेको छ । 

एमाले र माओवादी केन्द्र बिच पाटी एकता भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको बझाङको नेतृत्व समाल्न नेताहरुले प्रदेश देखि केन्द्रसम्म दौडधुप सुरु भएको हो ।

चिया पसल देखि चोक चोकमा सर्वसाधारण देखि कार्यकर्ताहरुमा एकता पछि बनेको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व कसले गर्छ भन्ने बारे व्यापक बहस सुरु हुने गरेको छ । 

बझाङ जिल्लाबाट तत्कालिन नेकपा एमालेका अध्यक्ष दिल बहादुर सिंह, पूर्व सांसद मान प्रसाद खत्री, पूर्व सांसद अफिलाल ओखेडा, पूर्व सांसद लाल बहादुर रावल र तत्कालिन जिल्ला सचिव दमन भण्डारी लगायतका नेताहरु आकांक्षी रहेका छन भने तत्कालिन माओवादी केन्द्रबाट पनि प्रदेश नम्बर ७ का कार्यालय सचिव मिन बहादुर कुँबर (विश्वास) र जिल्ला अध्यक्ष कलक खडका (गम्भीर) आकांक्षी रहेका छन । 

नेकपा बझाङको नेतृत्व तथा अध्यक्ष पदका लागि नेताहरु बिच विगत एक महिना देखि रस्साकसी सुरु भएको छ तर बाजी कसले मार्ला को बन्ला जिल्ला अध्यक्ष यो भने जन चाँसोको बिषय बनेको छ । 

नेकपाको अध्यक्ष पदका लागि धेरै नेताहरु आकांक्षी देखिएतापनि अन्तमा तत्कालिन एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरव बहादुर सिंहले नेकपाको जिल्ला अध्यक्षका पदका लागि सक्षम नेतृत्व भनेर पूर्व सांसद मान प्रसाद खत्रीको नाम सिफारिस गरेको र एमालेका तत्कालिन जिल्ला अध्यक्ष दिल बहादुर सिंहले पनि आफ्नो नाम मात्र कार्यदलमा सिफारिस गरेको तत्कालिन नेकपा एमाले एक नेताले बताए । 

तत्कालिन माओवादी केन्द्रबाट भने सर्वसम्मत रुपमा तत्कालिन माओवादी केन्द्रका प्रदेश कार्यालय सचिव मिन बहादुर कुँबर(विश्वास) को नाम कार्यदलमा सिफारिस भएकाले ३ जना मध्य एक जनाले जिल्लाको नेत्तृत्व गर्ने निश्चित भएको उनको भनाइ छ । 

तत्कालिन एमालेका तर्फबाट पूर्व सांसद मान प्रसाद खत्री र जिल्ला अध्यक्ष दिल बहादुर सिंह तथा तत्कालिन माओवादी केन्द्रबाट सर्बसम्मत प्रदेश कार्यालय सचिव मिन बहादुर कुँबर को नाम कार्यदलमा सिफारिस भएको नेकपाका नेता तथा पूर्व सांसद जनक बुढाले बताए । उनले भने अब कार्यदलको सिफारिसका आधारमा भाद्र ९ गते बस्ने स्थायी समितिको बैठकले  अध्यक्षको टुङगो लगाउने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो