२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के भन्छन त प्रचण्डका ज्वाँई नेकपा गुल्मीका हुनेवाला सचिव ?

२ भाद्र २०७५, शनिबार ०७:०६

प्रेम सुनार । भदौं–२, गुल्मी । नेकपा प्रदेश ५ को कार्य दलले गुल्मीमा पुर्व एमालेबाट वालसिंह काउछा र पुर्व माओवादीबाट बुद्धि जिसीलाई सचिवमा सिफारिस गरे पछि जिल्लामा सवै भन्दा बढि चर्चाको बिषय बनेको छ । ति दुबै नेताहरुको समर्थन र बधाई  सामाजिक सञ्जालमा निकै आई रहेको छ । सामाजिक सञ्जालमा ति दुवै नेताहरु प्रति बिरोधका शव्दहरु देखिएका छैनन । ति दुई मध्ये सचिवमा सिफारिस जिसी संग हामीले कुराकानी गरेका थियौं ।

तपाई प्रचण्डका ज्वाँई भएकै कारण सचिवमा सिफारिस भएको भन्ने आरोप पनि लागेको छ नि ? भन्ने प्रश्नमा उनले भने–‘ श्रीमति शारदा पाठक संग मेरो विवाह २०५९ सालमा न भा’को हो, जवकी म माओवादी आन्दोलनमा २०४८ साल देखि छु । प्रचण्ड ज्यु आफ्नो ठाउँबाट संघर्षमा हुनु हुन्छ भने म मेरो ठाउँ सघर्षमा छु ।

२०४८ सालमा विद्यार्थी संठनबाट म गुल्मीबाटै माओवादी आन्दोलनमा लागेको हुँ । जति बेला मैले प्रचण्डको नाम मात्रै सुनेको थिएँ, उहालाई देखेको थिईन । २०४९ देखि २०५३ साल सम्म म गुल्मीको अखिल क्रान्तिकारीको दुई कार्यकाल सचिवको जिम्मेवारी सम्हालेको जग जाहेरै छ । २०५४ सालमा तत्कालिन माओवादीले गुल्मी, अर्घाखाँची र बाग्लुङ्गमा अगाडी सारेको अगुवा अभियानका क्रमममा गुल्मी जिल्ला प्रहरीको २९ दिन सम्म हिरासदमा बसेको थिएँ ।

मलाई गुल्मीको बाँझकटेरीबाट पक्राउ गरिएको थियो । मेरो दाई विनोद कुमार भारतको जलान्धरमा ब्यवसाय गर्ने भएकोले मेरो त्यहाँ आवत जावत हुनु स्वभाविक नै थियो । त्यस कारणले पनि मलाई पछि प्रवास संगठन हेर्न खटाईएको हो । प्रचण्ड ज्यु संग मेरो पहिलो भेट २०५४ सालमा जलान्दरमा भएको हो । उहाँ लगायतका नेताहरुलाई सेल्टरको ब्यबस्थापन हाम्रो परिवारले  गर्ने गर्दथ्यो ।

उति बेला मैले उहाँहरुलाई देख्दा एकदम सर्वसाधरण जस्तै लाग्थ्यो । पार्टीमा उहाँ आफ्नो जिम्मेवारीमा हुनु हुन्थ्यो भने म मेरो जिम्मेवारी वाईसियश प्रवास शाखाको प्रवक्ता थिएँ । त्यति बेला हाम्रो ईञ्चार्ज जगत प्रसाद शर्मा ( अपार ) हुनुहुन्थ्यो । म पार्टी कमिटी प्रवास शाखाको १ र ३ नम्वर जिल्लाको सेक्रेटरी थिएँ ।

त्यसका अलवा अखिल  भारत नेपाली एकता समाज राज्य समितिको सचिव पनि थिएँ । पछि तत्कालिन राजा ज्ञानेन्द्रको पालमा अटल विहारी भाजपेयी सरकारले हाम्रो संगठनलाई  प्रतिबन्ध गर्यो । हामीहरुलाई भागाभाग पार्यो । पछि हामीले नेपाली जनअधिकार भारत सुरक्षा समिति गठन ग¥यौं । जसमा म राज्य समिति सचिव  थिएँ । शान्ति प्रकृया पछि त्यही जिम्मेवारीमा मलाई गृह जिल्ला पठाईएको हो । प्रचण्ड ज्यु संग नातागोताले म राजनीतिमा लागेको होईन , राजनीत गर्दै अगाडी बढ्ने क्रममा हामी नाता गोतामा बाधिएका हौ ।

गुल्मी आए पछि म तत्कालिन मगराँत राज्य समिति सचिवालय  सदस्यको जिम्मेवारी सम्हाँले । विद्याथी संगठन, वाईसियल र कर्मचारी संगठन निर्माण र परिचालनमा मेरो भुमिका कस्तो रह्यो मैले भनिरहनु नपर्ला साथीहरुले भन्ने कुरा हो ।

पछिल्लो चरण पार्टीले केन्द्रि सदस्यको जिम्मा दियो । २०७० सालको निर्वाचनमा म गुल्मीमा दुई वटै निर्वाचन क्षेत्र मध्ये जुनबाट पनि प्रतिनिधी सभा सदस्यको टिकट पाएको थिएँ । तर पुर्व एमालेको भागमा दुवै नेताद्धय प्रदिपकुमार ज्ञवाली ज्यु र गोकर्ण बिष्ट ज्युको भागमा परे पछि म उहाँहरुको चुनावी कमाण्डरका रुपमा खटें ।

म पार्टी काममा मात्र बिश्वाँस गर्छु । नाता गोता त पारिवारिक जमघटमा मात्रै हुन्छ । टिभि पाठक र मेरो बुवा देखि सारा हाम्रा आफन्तहरु सुरु देखि नै माओवादी आन्दोलनमा छौं । प्रवासमा तत्कालिन माओवादीलाई सेल्टर दिने हामीहरु नै बढि मात्रमा थियौं । उहाँहरुलाई जोगाउन त्यति बेलाको अवस्थामा निकै कठिन थियो ।

पार्टीमा  खटेको आधारमा अरु साथीहरु झै म पनि दावेदार हुँ ।  म भन्दिँन मेरो मात्रै योगदान र दावी रहनु पर्छ भनेर । म जस्ता अरु साथीहरु पनि पक्कै हुनुहुन्छ । तर पार्टीमा अवसरको हिसावले हेर्ने हो भने म  पछाडी पर्दै आएको कार्यकर्ता हुँ । जसलाई अहिले कार्यदलले न्याय गरेको महशुस गरेको छु ।

२०३५ साल मंसिर १ गते गुल्मीको साविक भनभने गाविस , हालको मदाने गाउँपालिका–७, भईकमार स्थित े सामन्य परिवारका पिता  तिलकबहादुर जिसी र माता किमकला जिसीको कोखबाट जन्मिएका जिसी जिल्लाका शालिन, सवै संग समन्व्य र सहकार्य गरेर अगाडी बढ्ने मिलनसार नेताका रुपमा चिनिन्छन ।

जिल्लाको विकास निर्माणमा राजनैतिक नजरले नहेर्ने, साझा अवधारण बनाउने कुरामा पुर्व माओवादीबाट राम्रो नेताका रुपमा चिनिएका उनि दजाकोटको आगोलागी देखि हरेक प्रकारका विपदमा खटिएका नेता हुन । दजाकोटमा आगो लागी हुँदा तत्कालिन गृह मन्त्री शक्तिबहादुर बस्नेतलाई अवलोकनमा ल्याउनमा उनैले पहल गरेर खानेपानी योजना पार्ने देखि केहि राहतका  कार्यक्रम पारेका थिए ।

अव पार्टीलाई कसरी अगाडी बढाउनु हुन्छ त भन्ने प्रश्नमा उनले भने अध्यक्षमा सिफारिस वालसिंह दाई संग हाम्रो पहिल्लै देखि नै समाज रुपान्तरण गर्ने कुरामा सहकार्य रहँदै आएको छ । उहाँ र मेरो सम्वाद भई रहेको छ । हामी जनताको सेवा र समृद्धिमा खट्ने कुरामा दुई जना मात्रै होईनौ अरु नेता गणको साथ लिएर अगाडी बढ्ने छौं ।

हामीलाई सवै भन्दा गौरव र खुशीको कुरा यहि छ कि देशका खम्वा नेता प्रदिप ज्ञवाली, गोकर्ण बिष्ट र सुदर्शन बराल लगायतका अभिभावहरु हुनुहुन्छ । त्यसले गर्दा जनताका अपेक्षाहरु हामी पुरा गर्न सक्छौं भन्नेमा हामी ढुक्क छौं । उहाँहरुको नीति निर्देशन अनुरुप हामी चल्ने छौं ।

मलाई आशा छ पुर्व एमालेका साथीहरुले मलाई त्यति कै साथ दिनु हुने छ र वालसिंह दाईलाई पुर्व माओवादीका साथीहरुले पनि त्यति कै साथ दिनु हुने छ । भावनात्मक सम्वन्ध हाम्रो हिजो पनि थियो अब त झन पार्टी एक भई सके पछि हामी एउटै परिवारका सदस्य भएर अगाडी बढ्ने छौं । जिसी  पुर्व माओवादी  जिल्ला पार्टीको सह सचिव हुँदै सह संयोजक थिए ।

पुर्व माओवादी जिल्ला कमिटीको आधिकारिक धारण भने बाहिर आएको छैन । संयोजक बिरबहादुर कार्की र अर्का सह सयोजक युवराज केसी लगायतका केहि अग्रज नेताहरु पनि एकिकृत पार्टीको प्रमुख पदको दावेदार हुन । संयोजक कार्की संग सम्पर्क हुन सकेन । सचिव केसी संग सम्पर्क राख्दा विधी र प्रकृया प्रति केहि असन्तुष्टी रहे पनि  पात्र प्रति आफुहरुको असन्तुष्टि नरहेको प्रतिकृया दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला