१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबै भूगोललाई समान विकासमा जोड दिइएको छ: मन्त्री बाँस्कोटा

४ भाद्र २०७५, सोमबार १०:३२

भदौ ४, काठमाडौँ, | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्ने कार्ययोजना बनाइ अगाडि बढिरहेको बताउनुभएको छ । 

उहाँले भन्नुभयो, “सञ्चार तथा सूचना प्रविधिको विकास तथा विस्तार कार्यलार्ई द्रुत गतिमा अगाडि बढाउन मन्त्रालयले कार्ययोजना बनाइ तोकिएको अवधिमा तोकिएको काम सम्पादन गर्नेछ । ” सङ्घीय संसद् विकास तथा प्रविधि समितिको आजको बैठकलाई सम्बोधन गर्दे मन्त्री बाँस्कोटाले मन्त्रालयले सबै भूगोललाई समान विकासमा जोड दिएको जानकारी दिनुभयो । असल व्यवस्थापन कायम गर्दै मन्त्रालयले आफ्नो कार्यक्षेत्रका कामलाई प्रभावकारी बनाउने र आगामी दिनमा दूरसञ्चार सेवा र क्षेत्र विस्तार गर्ने नीति रहेको बताउनुभयो । 

नेपाल टेलिकमको सेवा र क्षेत्र विस्तार गर्न अगामी ६ महिनाभित्र देशका विभिन्न स्थानमा ६३८ टावर जडान सम्पन्न हुने, दूरसञ्चार प्रविधिको चौंथो पुस्ता (फोर जी) देशका प्रमुख शहरमा विस्तार गर्ने र पाँचौं पुस्ता (फाइव जी ) भित्रयाउने तथा सबै पालिकामा इन्टरेटको पहुँच पु¥याउने लक्ष्य रहेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । 

उहाँले देशको एकमात्र समाचार उत्पादन तथा वितरण गर्ने संस्था राष्ट्रिय समाचार समिति (रासस)को प्रत्येक वर्ष एउटा प्रदेशमा एउटा नयाँ कार्यालय भवन निर्माण गर्ने कार्यक्रम अन्तर्गत यस आवमा पोखरामा प्रादेशिक भवन निर्माण गर्न लागेको जानकारी दिनुभयो । मन्त्री बाँस्कोटाले देशको गौरव र प्रतिष्ठासित गाँसिएको राससका स्थायी समाचारदाता चीनको बेइजिङ र अमेरिकाको न्युयोर्कमा राख्न लागिएको, राससका महत्वपूर्ण समाचार तथा अभिलेखको ‘डिजिटल अर्काइभ’ तयार गर्ने काम भइराखेको, गोरखापत्र विराटनगर र कोहलपुरबाट प्रकाशनको शुरुवात भएको बैठकमा जानकारी दिनुभयो । 

करीब ८३ प्रतिशत जनताको पहुँचमा पुगेको रेडियो नेपाल र ७२ प्रतिशत जनताको पहुँचमा पुगेको नेपाल टेलिभिजनका सेवा अगामी पाँच वर्षमा सबै जनताको पहुँचमा पु¥याउने, आव २०७४÷७५ मा ८७८ पत्रकारको दुर्घटना बीमा भएको र पत्रकार वृत्तिकोषको कार्यविधि स्वीकृत भएको उहाँले बताउनुभयो । 

मन्त्री बाँस्कोटाले सबै प्रकारका आमसञ्चारका माध्यममा जनताको पहुँच पु¥याइने, आमसञ्चारलाई निष्पक्ष, मर्यादित, जिम्मेवार, व्यावसायिक र प्रतिस्पर्धी बनाइने, नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजानिक प्रसारण संस्थाको रुपमा एकै व्यवस्थापनमा सञ्चालन गरिने र सातै प्रदेशमा सञ्चारग्राम स्थापना गरिने जानकारी दिनुभयो 

नयाँ दूरसञ्चार ऐन मस्यौदा अन्तिमचरणमा 

मन्त्री बाँस्कोटाले दूरसञ्चार सम्बन्धी नयाँ ऐन मस्यौदा अन्तिम रुप दिन कार्यदल गठन भई छलफल भइराखेको, राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सडकमा अप्टिकल फाइवर विच्छ्याइ अगामी दुई वर्षभित्र सबै जिल्ला सदरमुकाम, नगरपालिका र गाउँपालिका सूचना मार्गले जोड्ने बैठकमा बताउनुभयो । 

भूकम्पबाट प्रभावित रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा ७४७ सेवाकेन्द्र स्थापना गरी निःशुल्क इन्टरनेट उपलब्ध गराइएको, दूरसञ्चार पूर्वाधार सम्बन्धी नियमावली २०७४ स्वीकृत भएको तथा फ्रिक्वेन्सी नियमावली तयार भई पेश गरिएको र सूचना प्रविधि ऐनको मस्यौदा तयार भएको उहाँले जानकारी दिनुभयो । मन्त्री बाँस्कोटाले सुरक्षण मुद्रालय स्थापना गर्न सुरक्षण मुद्रणको कार्य अगाडि बढेको र प्राविधिक परिक्षणको काम अगाडि बढेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन