१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

ओली नेतृत्वको सरकार पनि जनता र राष्ट्रप्रति गम्भिर बन्न सकेन

७ भाद्र २०७५, बिहीबार १०:५१

भदौ ७, अर्घाखाँची | ओली नेतृत्वको सरकार पनि जनता र राष्ट्रप्रति गम्भिर बन्न नसकेको भन्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सरकारको ध्यानाकर्षण गराएको छ । 

दुइ तिहाइ बहुमत प्राप्त सरकारले जनजीविका, राष्ट्रियता र भ्रष्टाचारको सवालमा शुन्य सहनशिलता अवलम्बन गर्दै संविधानमा उल्लेखित समाजवाद उन्मुख दिशा तय गर्ने छ भन्ने जनताको अपेक्षा रहेपनि त्यो कुरा निरर्थक सावित हुँदै गईरहेको राष्ट्रिय जनमोर्चाले ठहर गरेको छ । 


देशमा मंहगी, भ्रष्टाचार, बलत्कार जस्ता घटनाहरु बढ्दै जांदा तथा जनता बिपदमा पर्दा समेत सरकारले स्पष्ट कदम चाल्न नसक्नु, छिमेकी मुलुक भारतद्धारा गरिएको अतिक्रमित भुमि र राष्ट्रिताको सवालमा स्पष्ट दृटिकोण अपनाउन नसक्नु सरकारको गम्भिर कमजोरी रहेको ठहर गर्दै राजमोले जसले गर्दा मुलुकको राष्ट्रियता समेत खतरामा पर्दै गईरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । 

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका जिल्ला अध्यक्ष थम्मन के.सी.ले आज एक प्रेस बिज्ञप्ती सार्वजनिक गर्दै पछील्लो समय तिनै तहका सरकारले गरेका निर्णय र व्यवहार जनता र राष्ट्रहित बिपरित भएको भन्दै ब्यबहार सुधार गर्न सरकारलाई आग्रह गर्नु भएको छ । अध्यक्ष के.सी.ले बिज्ञप्ती मार्फत आग्रह गर्नुभएको छ ।नेपाल र नेपालीको इच्छा बिपरित जर्बजस्ती लादिएको संघियता थेग्न स्थानिय सरकारले मापदण्ड बिपरित कर असुली गरि जनतामाथी अन्याय गरेको र संघियता खारेज गर्न तथा जर्बजस्ती कर असुल्ने परिपाटी तत्काल बन्द गर्नुपर्ने बिज्ञप्तीमा उल्लेख छ । यस्तै अर्घाखाँची जिल्लाका सबै स्थानिय तहले बढाएको अनावश्यक चर्को कर अविलम्ब फिर्ता गर्न,नरपानी–खाँचीकोटको चुनढुंगा उत्खनन्लाई बन्द गर्न,सालझन्डी ढोरपाटन सडकको सही निकास बारे निर्णय गर्न,लागुपदार्थ दुव्र्यसनीको अन्त्यको निम्ती आवश्यक कदम चाल्न,आत्महत्यालाई निरुत्साहित गर्न,जिल्लाका सार्वजनिक स्थलहरुको अतिक्रमण रोकी संरक्षण गर्न र जनताका सरोकारका विषयहरुमा गम्भिर बन्न सम्बन्धित पक्षलाई बिज्ञप्ती मार्फत आग्रह गर्दै अध्यक्ष के.सी.ले त्यसो नभए राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन